२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सुरक्षा भत्ता लिन अब सास्ती हुँदैन

अ+ अ-

मोरङ । भौगोलिक विकटताका कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिन एक दिन हिँड्नुपर्ने अवस्थाको अन्त्य हुँदा मोरङको मिक्लाजुङका बासिन्दा हर्षित भएका छन् । दुर्गम मिक्लाजुङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब वडा कार्यालयबाटै वितरण गर्ने व्यवस्था मिलाएको छ ।

मिक्लाजुङ–१ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्दै आएका दुई सय ५० नागरिकलाई वडा कार्यालयबाटै भत्ता लिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले बताए । साबिक रमितेखोला गाविसलाई समायोजन गरी मिक्लाजुङ–१ बनाइएको हो । यसरी मिक्लाजुङ भइसकेपछि त्यहाँका स्थानीयवासीले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता लिन पनि मधुमल्ला झर्नुपर्ने बाध्यता उनीहरूमा आयो ।

पहाडी भेगका कोलबोटे, खोलागाउँ, बतासेलगायतका क्षेत्रमा बसोबास गर्ने नागरिकले सामाजिक सुरक्षा भत्ता लिनकै लागि डेढ दुई घण्टाको पैदल यात्रा र लगभग ४०(४५ मिनेटको बसको यात्रा गरेपछि मात्र उनीहरू बल्लतल्ल बुढौली शरीर लिएर मधुमल्ला आइपुग्ने र दिनभरिजसो बैंकमा भत्ता लिन लाइनमा बसेर घर फर्किदा झमक्कै साँझ पर्ने अवस्था थियो ।

विगतका पाँच वर्ष यसरी नै बिताएका स्थानीय बतासे गाउँका ज्येष्ठ नागरिक नरेन्द्र रसाइली भन्छन्, ‘विगतमा हामीले भोट दिएर जिताएर पठाएकाले एकचोटि वडामै आएर भत्ता दिएका थिए, त्यसपछि दिएनन्, अहिले नयाँ जनप्रतिनिधि आउनु भएको छ, उहाँहरूले हरेक चोटि दिने भन्नु भएको छ विश्वास छ, अब हामीले स्याँस्याँ गर्दै मधुमल्ला धाउनु पर्दैन ।’

गाउँपालिकाकै दुर्गम क्षेत्रको रूपमा रहेको आफ्नो वाडका जनतालाई कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गर्न पाउँदा निर्वाचनताका स्थानीयसँग गरेको एउटा वाचा पूरा भएको वडाध्यक्ष पर्वत राईले बताए । भौगोलिक विकटता कारण वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता लिनकै लागि नागरिकले पाएको दुःखलाई अन्त्य गर्न गाउँपालिकाको पहलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको एनएमबी बैंक मधुमल्ला शाखासँग समन्वय गरी हरेक पटकको भत्ता वडाबाटै वितरण गर्ने प्रबन्ध मिलाइएको गाउँपालिका अध्यक्ष बबीकुमार राईले बताए । अन्य वडा २, ३, ४, ५ र ६ मा पनि सो क्षेत्रको भौगोलिक अवस्था हेरिसकेसम्म वडाबाटै भत्ता वितरण योजना गाउँपालिकाले लिएको राईले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस