२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तस्करीको आरोपमा दुई चिनियाँ नागरिकसहित ५ जना पक्राउ

अ+ अ-

काबुल । तस्करी गरेको आरोपमा तालिवान प्रशासनले दुई जना चिनियाँ नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ ।

एक हजार मेट्रिक टन लिथियमयुक्त चट्टान तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ नागरिकले अफगानिस्तानबाट आफ्ना अफगान सहयोगीहरूमार्फत पाकिस्तान हुँदै चीनमा बहुमूल्य पत्थर तस्करी गर्ने प्रयास गरेका बताइएको छ । बहुमूल्य पत्थरसँगै उनीहरूलाई पूर्वी अफगानिस्तानको सीमावर्ती शहर जलालाबादमा गिरफ्तार गरिएको हो ।

स्थानीय स्रोतका अनुसार बरामद भएका पत्थर ३० प्रतिशतसम्म लिथियम पाइन्छ । पाकिस्तानसँग सीमा जोडिएका अफगानिस्तानका नुरिस्तान र कुनारबाट गोप्यरूपमा ती पत्थर निकालिएको समाचारमा जनाइएको छ ।

चिनियाँ नागरिक र उनीहरूका अफगान सहयोगीहरूले अवैध रूपमा बहुमूल्य पत्थर पाकिस्तान हुँदै चीन ढुवानी गर्ने योजना बनाएका तालिवान गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टरलीले जनाएको छ ।

गत डिसेम्बर १२ मा एउटा होटललाई लक्षित गरी बम र बन्दुक आक्रमण हुँदा पाँच चिनियाँ नागरिक घाइते भएपछि चीन र अफगानिस्तानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

उक्त घटनापछि चीनले आफ्ना नागरिकलाई अफगानिस्तान छोड्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस