२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन मन्त्री किरातीले भने : ‘निगमको दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजीनामा दिनुस्’

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरूको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् ।

निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले निकै कडा शब्दमा निगमको कार्यशैलीको आलोचना मात्रै गरेनन् काम गर्न नसके राजीनामा दिएर जान भने ।

किरातीले निगमको बिजनेस प्लान पनि मागे । उनले भने, ‘हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउनुस्, जहाज कहाँ, कति उड्यो, कहाँ रोकियो, के कारणले रोकियो ? जहाजको रिपोर्ट हरेक दिन हेर्छु, बरु म मन्त्रालयबाट १२ बजे फर्किन्छु, तर, रिपोर्ट हेरेर मात्र फर्किन्छु ।’

वायुसेवा निगमको छवि बिग्रिएकोतर्फ सङ्केत गर्दै उनले भने, ‘पहिले वायुसेवाका निगमको कर्मचारीभन्दा छोरी दिन हुरुक्क हुनेहरू अहिले किन घृणा गर्छन् ? सबैको नजर भएको निगमलाई बनाउनु पर्छ, मबाट कसैलाई भेदभाव हुँदैन, मलाई काम चाहियो, निगमले परिणाम देओस् ।’

उनले आफूले आकाश झार्न नभनेको भन्दै दुनियाँभरका कम्पनी नाफामा हुँदा वायुसेवा निगम किन घाटामा चलिरहेको हो भन्ने प्रश्न गरे । उनले भने,‘म बहुलाएर यो भनेको होइन, म ठिक नै छु । त्यस कारण निगम सुधार हुन्छ, म त्यो विश्वास गर्छु ।’ राम्रो काम गरे संस्कृति बन्ने भन्दै उनले आफूहरू हिँड्ने पाइला नागरिकका जीवन दर्शन हुने बताए ।

मन्त्री किरातीले आफ्नोमा धाएर जुत्ता फटाउने प्रयास नगर्न पनि सचेत दिए । ‘यो देश ६ सय जनाको परिधिभित्र चल्छ, तपाईँको हरेक चलखेल तत्काल थाहा हुन्छ, आजसम्म जे–जे भयो भयो, आइन्दा यस्तो नहोस्’ उनले चेतावनीको भाषामा भने ।

निगमसँग उनले अनलाइन टिकट किन कार्यान्वयन नगरेको भन्ने प्रश्न पनि गरे । उनले भने, ‘यहाँ टिकट नपाइने तर, दलालले टिकट बोकेर विमानस्थल पुग्ने किन हुन्छ ? मैले ठुलै मान्छेले यस्तो गरेको देखेको छु, खान त खानु घिच्न त भएन नि १’

एम महिना भित्र टिकेटको समस्या समाधान गर्न निर्देशन दिए । ‘जहाज समयमा उडोस्,’ उनले भने, ‘एक–एक सेकेन्डलाई किन यति बदनाम गरेको ? ठ्याक्कै तोकिएको समयमा विमान उडोस् । मैले भने जति गर्न नसक्ने भए राजीनामा दिए हुन्छ ।’

उनले निगममा करार र ज्यालादारी कर्मचारी कति छन्? भन्ने प्रश्न गर्दै ‘हातखुट्टा लामखुट्टेको जस्तो भए पनि काम भने नगर्ने संस्कृति रहेको बताए ।

‘यो भर्ती केन्द्र हो र ? यसरी भर्ती केन्द्र बनाएपछि संस्था डुब्छ,’ ‘आजदेखि जहाज रोकिनु हुँदैन, नकारात्मक काम गर्दिनँ, सकारात्मक काममा सधैँ साथ दिन्छु,’उनले भने ।

प्रतिक्रिया दिनुहोस