१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सांसद कोइरीलाई पक्राउ गर्न सबै जिप्रकालाई केन्द्रको सर्कुलर 

अ+ अ-

 काठमाडौँ । हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरीले देशभर सर्कुलर जारी गरेको छ । पक्राउ गर्न चौतर्फी दबाब बढेपछि उनलाई पक्राउ गर्न सर्कुलर जारी गरीएको हो । 

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले कोइरीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा प्रहरी कार्यालयमा सर्कुलर जारी गरेको बताए । 

यसअघि, गृह मन्त्रालयले कोइरीलाई पक्राउ गर्न दिएको निर्देशन कार्यान्वयन नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले नटेरेको भन्दै सामाजिक सञ्जालमा आलोचनासमेत हुने गरेको छ । प्रहरीले उनको खोजीकार्य जारी रहेको जनाएको छ ।

मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या गरेको अभियोग कोइरीमाथि छ । 

कोइरीले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मतसमेत दिएका थिए । नेकपा (एमाले)का तर्फबाट महोत्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा उनी निर्वाचित भएका थिए ।

उनलाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि एक लाख धरौटीमा रिहा गरेको थियो । तर, पुनरावेदनपछि उच्च अदालत जनकपुरबाट उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश भएको थियो । 

उच्च अदालतको आदेशपछि भने प्रहरीले उनलाई पक्राउ पर्न सकेका छैन ।

प्रतिक्रिया दिनुहोस