२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोको बुनेर आत्मनिर्भर

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिका-५ थानकोट गाउँका ४० वर्षीय शेरबहादुर भुल डोको बुनेरै घर खर्च चलाउँदै आएका छन् । उनले निगालोको डोको, छाप्रीलगायत सामग्री बनाउने गर्छन् ।

निगालोबाट विभिन्न सामान बनाएर बिक्री गरेर उनले १५ वर्षदेखि घर व्यवहार चलाउँदै आएका छन् । १० जनाको परिवार उनकै कमाइबाट पालिने गरेको छ । ‘आम्दानीको कुनै स्रोत नभएर खाली बस्नुभन्दा सीप सिकेर काम गरेको छु । एक महिने साना तथा घरेलु कार्यालय राजपुरले दिएको बास, निगालोसम्बन्धी तालिम लिएर अहिले यही डोको बुन्ने पेशाले घरपरिवार पालेको छु’, उनले भने ।

डोको र छाप्री बुनेर गाउँघरमा घुम्ती व्यापार गरेर वार्षिक ८० हजार कमाउने गरेको उनले बताए । कहिले त निगालोका सामग्री साटेर अन्न, तेल खुर्सानी ल्याउने गरेको उनले बताए । उनले आफूहरू जस्ता सीप भएकालाई स्थानीय सरकारले उद्योग खोलेर रोजगारीको सिर्जना गरिदिए धेरैको रोजगारी हुने सुझाव दिए ।

शेरबहादुर भुल मात्र नभएर यो गाउँमा बसोबास गर्ने करिब एक सय ५० घरधुरी दलित समुदायका व्यक्तिको पेसा नै डोको, डालो, छाप्री बनाएर बिक्री गर्नु हो । खेतीपातीबाट तीन महिनासम्म पनि गुजारा चलाउन नसकिने भएपछि उनीहरूले यसलाई वैकल्पिक पेसा बनाएका छन् ।

‘छोराछोरीको पढाइ खर्च र आफ्नो जीविकोपार्जन यसैबाट चलेको छ’, स्थानीय जवान भुल भन्छन् । ‘दलित समुदायका परिवारसँग खेतीयोग्य जमिन नहुँदा तीन महिना खान नपुग्ने, भारत तथा तेस्रो मुलुकमा गएर काम पनि गर्न नसकिने भएकाले हामीले निगालोका सामग्री बनाएर बिक्री गर्नुपरेको छ’, सँगै उत्पादन भएका बस्तुलाई बिक्री गर्न बजारीकरणका लागि स्थानीय सरकारले कुनै पहल नगरेको उनको गुनासो छ ।

स्थानीय सरकारले सीपमूलक तालिमको आयोजना गरी बढीभन्दा बढी सहभागी बनाइ आत्मनिर्भर बन्न सहयोग गरिरहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए । जनतालाई कुनै न कुनै क्षेत्रबाट सहयोग गर्न सबैसँग सहकार्य गरी स्थानीयस्थरमा उत्पादन भएका बस्तुलाई बिकाउन बजारीकरणमा पहल गरिने पनि उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस