२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाले बोलायो पदाधिकारी बैठक

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा नजाने भएको छ । सरकारसँग सहमति भए मात्र सरकारमा जाने जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए । 

जसपाका केही मागहरू छन्, ती मागको सम्बोधन हुनुपर्‍यो, मन्त्रालय भागबन्डादेखि अन्य नियुक्तिमा पनि सम्मानजनक सहभागिता गराए मात्र सरकारमा जान्छौँ, उनले भने ।

सरकारलाई समर्थन तथा विश्वासको मत दिनका लागि मात्र सत्ता साझेदारी दलसँग सहमति भएको थियो, उनले भने, ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने र उहाँलाई संसदमा विश्वासको मत दिने भनि सहमति भएको हो त्यसबाहेक अरु कुनै कुरामा सहमति भएको छैन, सहमति नै नगरिकन सरकारमा जाने कुरा हुँदैन ।’

सरकारले  ल्याएको न्यूनतम साझा कार्यक्रममा केही कुराहरू समेटिएको थियो त्यही कारणले सरकारलाई समर्थन गरिएको हो, सरकारमा जाने विषयमा सरकारसँग थप छलफल भए मात्र सरकारमा जाने नजाने बारेमा निर्णय गर्ने अध्यक्ष यादवले बताए ।

जसपासँग १२ जना सांसद छन् । उसले ३ वटा मन्त्रालय तथा उपराष्ट्रमा दाबी गरेको छ । राष्ट्रपति, सभामुख, उपसभामुख, उपराष्ट्रपति लगायत अन्य राजनीतिक तथा संवैधानिक नियुक्तिको विषयमा प्याकेजमै सहमति हुनुपर्ने जसपाले भन्दै आएको छ ।

जसपाले उपलब्ध पदाधिकारीको बैठक बोलाएको छ । पार्टीमा छलफल गरेर थप निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस