२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आकाङ्क्षी धेरै हुँदा मन्त्री छान्न माओवादीलाई सकस

अ+ अ-

काठमाडौँ । प्रदेश १ माओवादी सरकारमा क-कसलाई पठाउने भन्ने विवादमा फसेको छ ।

आज थप मन्त्रीको शपथ तयारी भएपनि आन्तरिक कुरा नमिल्दा शपथग्रहण कार्यक्रम भोलिलाई सारिएको हो । मन्त्रीहरू छान्न पार्टीको प्रदेश १ समिति पदाधिकारीको बैठक बसेपनि निष्कर्ष निस्किएन । मुख्यमन्त्री हिक्मत कार्कीसँगको सल्लाहमा आज माओवादीबाट प्रदेश १ सरकारमा सहभागी मन्त्रीहरूको शपथ गराउने कार्यक्रम तय भएको थियो ।

मन्त्री बन्ने आकाङ्क्षी धेरै भएकाले निर्णय गर्न नसकेको माओवादी प्रदेश १ कमिटीका उपाध्यक्ष शिव डाँगीले बताए । बिहीबार बिहानैबाट नेताहरू चरण-रणमा छलफल गरिरहेका छन् । बैठकमा प्रदेश इन्चार्ज राम कार्की ‘पार्थ’, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, धर्मशिला चापागाईँलगायत सहभागी छन् ।

माओवादीले तीन जनालाई मन्त्री बनाउने तयारी गरिरहेको छ । प्रदेश १ मा माओवादीले बनाएको किराँत, लिम्बुवान र कोचिला बाट एक-एक जनालाई प्रदेश सरकारमा पठाउने तयारी गरेको सह इन्चार्ज सावित्रीकुमार काफ्लेले बताए ।

लिम्बूवानबाट तेह्रथुमका दुर्गाप्रसाद चापागाईँ ‘सचिन’ को नाम टुङ्गो लागेको छ । कोचिला बाट प्रदेश सचिव तथा मोरङ २ (१) बाट विजयी गणेश उप्रेती ‘सुशील’ र क्षेत्र नम्बर ६ (१) बाट विजयी जीवन आचार्यका बीचमा प्रतिस्पर्धा छ ।

यस्तै तत्कालीन किराँत प्रदेशबाट भने कर्जयाङ शेर्पा, नारायण बुर्जाका बीच प्रतिस्पर्धा रहेको माओवादी स्रोतको भनाइ छ । संखुवासभबाट जितेका राजेन्द्र कार्कीले पनि दाबी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस