सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् ।
बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु अघि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो । एमाले र माओवादी केन्द्रबीच आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।
पहिलो साढे दुई वर्ष नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने छ। त्यसपछिको साढे दुई वर्ष एमालेले सरकारको नेतृत्व गर्ने भएको हो ।