२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली कम्पनी खडा गरी लाखौँको ठगी, छ जनामाथि अनुसन्धान

अ+ अ-

काठमाडौँ । एक समूहले नक्कली कम्पनी खडा गरी शङ्कास्पद कारोबारमार्फत विदेशी नागरिकबाट लाखौँ डलर र करोडौँ रुपैयाँ ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

उनीहरूले कारोबार गर्ने अनुमतिप्राप्त नभएको कम्पनी खडा गरेर त्यसमार्फत विदेशी नागरिकलाई ठगी गरेको पाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । उक्त आर्थिक अपराधमा संलग्न रहेको आरोपमा अछाम बन्नीगढी गाउँपालिका–६ घर भई काठमाडौँ बस्ने ३५ वर्षीय पृथ्वीबहादुर शाहसहितका छ व्यक्ति रहेका छन् ।

उक्त ठगी कार्यमा सोही जिल्लाका २५ वर्षीय विजयविक्रम शाह, जाजरकोट घर भई काठमाडौँ बस्ने २७ वर्षीय चक्रबहादुर खत्री, दोलखा खोपाचाङ्गुका ४४ वर्षीय अनुप खड्का, नवलपरासी (पश्चिम) बर्दघाटका ४० वर्षीय रूकमाङ्गत काफ्ले र अछाम घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ बस्ने २७ वर्षीय रङ् बहादुर साउद संलग्न रहेका पाइएको ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । उनका अनुसार उनीहरूलाई नियन्त्रणमा लिइ अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

सुरुमा सिआइबीले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता रहेको हन्टिङ रिजर्भ अफ नेपाल प्रालिलगायत दर्जनौँ कम्पनीका नाममा शङ्कास्पद कारोबार देखिएको भन्ने सूचना प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा अनुसन्धानका लागि खटिएको सिआइबीको टोलीले ती व्यक्तिले नक्कली कम्पनी खडा गरेर गैरकानुनीरूपमा आर्थिक कारोबार गर्ने गरेको पत्ता लगाएको हो ।

उनीहरूमाथिको अनुसन्धानका क्रममा कारोबार गर्ने अनुमतिप्राप्त नभएको कम्पनी सञ्चालन गरी आर्थिक कारोबार गरेको, कम्पनीको उद्देश्यभन्दा फरक प्रकृतिका कार्यहरू गरेको, एक अमेरिकी नागरिक जुलियाको कम्प्युटरमा पहुँच पुर्‍याइ एन्टिभाइरस नवीकरणबापतको रकम पठाउनु भनी विश्वास दिलाएर खाताबाट अमेरिकी डलर ट्रान्सफर गर्न लगाएको पाइएको उनले बताए ।

अन्य विदेशी नागरिकलाई समेत झुक्याइ, विश्वासमा पारी बेइमानीपूर्वक वायरस्क्याम गरी स्वीफ्टमार्फत करिब ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर, तीन करोड २२ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

उनीहरूले गैर कानुनी तवरले आर्थिक लाभ प्राप्त गर्ने उद्देश्यले ठगी गरी प्राप्त गरेको रकम उनीहरूले सञ्चालन गरेका विभिन्न कम्पनी तथा व्यक्तिका बैङ्क खातामा जम्मा गर्ने गरेका र प्राप्त रकमको स्रोत लुकाउने उद्देश्यले अन्य विभिन्न व्यक्ति तथा संस्थाको खातामा रकम पठाइ ठगी गरेको पाइएको छ । उनीहरूमाथि थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस