२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखा-काठमाडौँ एकीकरण मार्ग पदयात्रा सुरु

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले गोरखा-काठमाडौँ एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। गोरखा राज्यको विस्तारको क्रममा पृथ्वीनारायण शाहले प्रयोग गरेका पदमार्गमा नेपाली सेनाले बिहीबार बिहानदेखि पदयात्रा सुरु गरेको हो।

पृथ्वी जयन्तीलाई लक्षित गर्दै गोरखा दरबारको हनुमान भन्ज्याङबाट नेपाली सेनाका ३० जनासहितको टोली पदयात्रामा निस्किएको छ। टोली बिदाइको क्रममा पश्चिम पृतनापति उपरथी दीपककुमार बानियाँले नेपालको इतिहासलाई जगेर्ना गर्न पदयात्रा सुरु गरिएको बताए। नेपालको एकीकरणको उद्गमस्थल गोरखा जिल्लाले नेपालको गौरवमय इतिहास बोकेको उनले उल्लेख गरे। उनका अनुसार नेपाल एकीकरणको सम्बन्धमा राष्ट्रनिर्माता तथा नेपाली सेनाका संस्थापक पृथ्वीनारायण शाहको योगदानको उच्च मूल्याङ्कन र देशभक्ति भावनालाई आत्मासाथ गरी सेनाले पदयात्रा सुरु गरेको हो।

नेपाली सेनाको रिपुमर्दन गणका गणपति हेम विष्टले इतिहासको विभिन्न कालखण्डमा नेपाली सेनाले देश र जनताका लागि बफादारीसाथ काम गर्दै आइरहेको बताउँदै राष्ट्रिय एकताको सन्देश दिन पदयात्रा सुरु गरिएको बताए। स्थानीयहरूको महत्त्वपूर्ण पहलकदमीमा नै पदयात्राले निरन्तरता पाएको उनले बताए।

पदयात्रामा नेपालको राष्ट्रिय झन्डा, टर्च, बाजागाजासहित नेपाली सेनाका टोली सहभागी छन्। नेपाली सेनाका कम्पनीहरू (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, सुज र बबर्दबहादुर)ले झण्डासहित यात्रा सुरु गरेको टोलीको नेतृत्व रिपुमर्दन गणका उपसेनानी बम बोगटीले गरेका छन्।

गोरखा दरबारबाट हिँडेको टोली जोरचौतारा, ताप्रे, अश्राङ बोर्लाङ हुँदै बिहीबार साँझ गोरखा-धादिङ सीमाक्षेत्रको घाटबेसीमा पुगेर टर्च र झण्डा धादिङको शिवदल गणलाई हस्तान्तरण गर्ने विष्टले जानकारी दिए। शिवदल गणले नुवाकोटको जबरजङ गणको टोलीलाई हस्तान्तरण गरेपछि सोही टोलीले उक्त झन्डा र टर्च काठमाडौँसम्म पुर्‍याउने गणपति विष्टले बताए।

पुस २६ गते काठमाडौँ पुग्ने टोली २७ गते हनुमानढोकामा आयोजना हअुने राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुनेछ। इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तत्कालीन सेनाले प्रयोग गरेका मार्गहरूको पहिचान गर्न नेपाली सेनाको रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका र भीमसेन थापा गाउँपालिकाको सहयोगमा एकीकरण पदयात्रा सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस