३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाले भने : वी विल कम ब्याक !

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा हिजोआज ध्रुम्बाराहीमा घर भाडामा लिएर बस्छन्। उनको बूढानिलकण्ठस्थित घर मर्मत हुँदैछ।

पहिलो कार्यकाल प्रधानमन्त्री को बन्ने भन्नेमा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन छाडेका थिए। छैटौंपटक प्रधानमन्त्री बन्न खोजेका देउवा प्रचण्डले गठबन्धन छाडेपछि सत्ताबाट बाहिर पुगेका छन्, प्रमुख प्रतिपक्षी दल नेताका रूपमा।

प्रतिनिधि सभामा ८९ सिट जितेको काँग्रेसले माओवादीसँग पहिलो कार्यकाल प्रधानमन्त्री पाउनुपर्ने अडान राखेको थियो। प्रचण्डले पहिलो कार्यकाल देउवालाई प्रधानमन्त्री छाड्न मानेनन्, नेकपा एमालेसहित ७ दलको समर्थनमा गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रचण्ड प्रधानमन्त्री नियुक्त भएको तीन दिनपछि देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर भाडामा लिएको घर ध्रुम्बाराही सरेका थिए। देउवा ध्रुम्बाराही सरेपछि त्यहाँ नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति हुँदै आएको छ।

अधिकांशले गठबन्धन टुट्नुको कारणबारे सोध्ने गर्छन्। देउवाले धेरै विश्वास गर्दा र पार्टी केन्द्रीय कार्यसम्पादनको निर्णयअनुसार काँग्रेसकै नेतृत्वमा सरकार बनाउन खोज्दा यो परिस्थिति आइपरेको जवाफ दिने गर्छन्।

पार्टी प्रवक्ता प्रकाशशरण महतले पनि आफूहरूले तत्कालीन गठबन्धनका नेताहरूलाई धेरै विश्वास गर्दा यस्तो परिस्थिति आइपरेको बताए।

आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले गठबन्धन टुट्नुमा काँग्रेस दोषी नभएको बताए। उनले गठबन्धन टुट्नुको कारण प्रचण्डको भूमिका भएको उल्लेख गरेका थिए।

गठबन्धन टुट्नु र प्रचण्ड प्रधानमन्त्री बनिसकेको अवस्थाबारे सभापति देउवाले सार्वजनिक रूपमा अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्। सानेपामा आज भएको पत्रकार सम्मेलनमा प्रवक्ता महतलाई पत्रकारहरूले गठबन्धन टुट्नुमा सभापति देउवाको भनाइ के छ भनेर सोधेका थिए।

त्यसमा जवाफ दिँदै प्रवक्ता महतले भने, ‘विश्वासमा गठबन्धन अघि बढ्ने हो। तर कहिलेकाहीँ आँकलन गरेजस्तो हुँदैन। तर केही छैन, विचलित हुनुपर्ने अवस्था छैन। वी विल कम ब्याक भनेर उहाँले भन्नुहुन्छ। हामी फेरि सशक्त रूपमा अघि बढ्छौँ भनेरै उहाँको हौसलापूर्ण कुरा नै छ।’

प्रतिक्रिया दिनुहोस