२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरजु र बालकृष्णले ठुला आयोजनामा अरबौँको चलखेल गरे : महेश बस्नेत

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले काँग्रेस सांसद आरजु राणा देउवा र निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणमाथि ठुला आयोजनामा अरबौँको चलखेल गरेको गम्भीर आरोप लगाएका छन् ।

आरजु र खाँणहरूले निर्वाचनपछि पनि आफूहरूकै सरकार बन्ने भन्दै ठुला आयोजनाको ठेक्का दिने भनेर अग्रिम रूपमा ६/७ अर्ब रुपैयाँ बुझेको र अहिले सरकारबाट बाहिरिएकोले फिर्ता गर्नुपर्ने अवस्थामा पुगेको बस्नेतको आरोप छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले देउवा नेतृत्वको यसअघिको सरकारलाई ‘भाउजूको सरकार’ भन्ने मानक रहेको पनि स्मरण गराए ।

उनले भने, ‘देउवा सरकारले विकास निर्माणको पनि केही काम गरेको थिएन । ठुला-ठुला आयोजनाको सन्दर्भमा चाहे त्यो जनसेलको सन्दर्भ होस, चाहे त्यो सूर्य विनायक-धुलिखेल सडकको सन्दर्भ होस्, यी तमाम सन्दर्भमा अरबौँ पैसाको सेटिङ थियो । भाउजूको सरकार अथवा आरजु देउवाज्यू, अथवा बालकृष्ण खाँणजीलगायतका साथीहरूको सेटिङमा अब सरकार बन्नेछ र मिलेमतोमा तपाईँहरूलाई ठेक्कालगायत दिन्छौँ भनेर ६/७ अर्ब उहाँहरूले लिनुभएको छ र अहिले त्यो पैसा चाहिँ फिर्ता गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ भन्ने कुरा अहिले चर्चामा आएको छ ।’

नेता बस्नेतले यसअघिको देउवा सरकारले मुलुकमा संस्थागत ठगी गरेको गम्भीर आरोप लगाए । उनले भने,‘विशेष गरेर भन्सार भएका जिल्लाहरूमा सिडिओ, एसपीहरू सबै सुरुवाहरू सेटिङमा हुने गर्दथ्यो । भन्सार प्रमुखहरू सेटिङमा हुने गर्दथे । र, वैद्य च्यानलबाट सामानहरू आयात नगरी अवैध च्यानलबाट सामान आयात गर्ने, भन्सार छली गर्ने र राजश्व छली गर्ने काम भएको थियो । एक ढङ्गले भन्ने हो भने राज्य संस्थागत ठगी धन्दामा संलग्न भएको थियो । जसको कारण हाम्रो अर्थतन्त्र टाँट पल्टिएको थियो । पुँजीगत खर्च न्यून भइरहेको छ । आजको अर्थमन्त्रीलाई समेत चुनौती थपिदिएर उहाँहरू जानुभयो ।’

उनले यसअघिको सरकारप्रति व्यङ्ग्य गर्दै ‘मेकिङ आरजु देउवा, नट मेकिडङ नेपाल’ भएको टिप्पणी गरे । बस्नेतले आफूले त्यतिकै यो विषय नउठाएको भन्दै छानबिन गर्न अहिलेको सरकारसमक्ष माग गरेका छन् । उनले भने,‘विगतमा हाम्रोबारेमा पनि प्रश्न उठ्यो । ती सबै विषयमा छानबिन गरियोस् ।’

प्रतिक्रिया दिनुहोस