२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेस्की लिएका ठेकेदार १० महिनादेखि बेपत्ता

अ+ अ-

जाजरकोट । सदरमुकाम दुनै-ल्यासीक्याप सडक खण्डको काम सम्झौता भएको दश महिना बितिसक्दा पनि सुरु हुन सकेको छैन ।

भेरी करिडोर अन्तर्गत पर्ने सडक खण्ड निर्माणका लागि २०७८ साल चैतमा सूर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भए पनि अझै काम सुरु नसकेको हो ।

नेपाल–चीनको सीमावर्ती क्षेत्र मोरिम्ला नेपाल हुँदै भारतको रुपैडिया जोड्ने महत्त्वपूर्ण रणनीतिक तथा व्यापारिक सडक खण्ड अन्तर्गत पर्ने यस खण्डको काम यथाशक्य गराउन कार्यालयले बारम्बार ताकेता गरे पनि निर्माण कम्पनीले अझै काम सुरु नगरेको सडक डिभिजन कार्यालय चौरजहारीका इञ्जिनियर दिलीप यादवले गुनासो गरे ।

‘दुई पटक ठेक्का किन नतोड्ने ब्यहोरा सहितको ताकेता पत्र काटिसकेका छौँ, एउटा पत्र गत मङ्गलवार सात दिनको समयसीमा राखेर काटिएको छ, यदि सात दिनभित्र सम्पर्कमा नआएर ठेक्का तोड्ने प्रक्रियामा जान्छौ’, इञ्जिनियर यादवले भने ।

‘सम्झौता भए लगत्तै काम सुरु गर्ने भनेर ५५ लाख पेस्की रकम रकमसमेत गइसकेको छ, ठेकेदारका कारण काममा ढिलासुस्ती भएको हो’, उनले भने । आयोजनामा कूल लागत १३ करोड ४१ लाख खर्च हुनेछ । सडक खण्ड दुनै–ल्यासीक्याप सडक खण्ड काइके,डोल्पोबुद्ध गाउँपालिका हुँदै नेपाल–चीन सिमाना पर्ने मोरिम्ला नाका पुग्नेछ । सडक डिभिजन कार्यालय चौरजहारीलाई काइके गाउँपालिकाले काम छिटो सुरु गर्न भन्दै गत मङ्सिर २८ मा पत्र लेखेको छ ।

पत्रमा सम्झौता भएको महिनौँ बितिसक्दा पनि गाउँपालिका हुँदै उपल्लो डोल्पासम्म जोड्ने सडक बन्द भएको र आम नागरिकलाई आवतजावतमा समस्या भएको भन्दै निर्माण कम्पनीलाई तत्काल काम सुरु गराउन अनुरोध गरिएको थियो ।

सडक खण्डको काम सुरु नभएकै कारण काइके गाउँपालिकासहित उपल्लो डोल्पा पुग्ने सर्वसाधारणलाई धेरै सास्ती भएको काइके गाउँपालिकाका अध्यक्ष अङ्गत रानाले बताए । तत्कालै काम सुरु गछौँ स् निर्माण कम्पनी श्रेया निर्माण कम्पनीका प्रतिनिधि भीम बोहोराले तत्काल काम सुरु गर्ने दाबी गरेका छन् ।

सम्झौता भए लगत्तै काम सुरु गर्ने भनेर डोजर ल्याउन प्रयास गरे पनि बर्खामा खोलामा पानीको मात्रा बढेपछि डोजर पार गराउन नसक्दा काममा ढिलाइ भएको उनको जिकिर छ ।

‘सडक निर्माण अवधि झण्डै तीन वर्ष छ’, उनले भने, ‘अब एक वर्षभित्रै काम सम्पन्न गर्ने गरी पुस २० गतेभित्र काम सुरु गर्छौँ ।’

प्रतिक्रिया दिनुहोस