काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकबाट बाहिरिएका छन् ।
सत्ता समीकरणका विषयमा पार्टीभित्र छलफल गर्ने भन्दै राई बैठकबाट बाहिरिएका हुन् ।
बैठकबाट बाहिरिने क्रममा उनले नयाँ गठबन्धन बन्न सक्ने सङ्केत मिलेको बताए । एमाले र नेकपा (माओवादी केन्द्र)सहितको सरकार पनि बन्न सक्ने उनको भनाइ छ । काँग्रेस-एमाले मिलेर पनि सरकार बनाउन सक्ने उनले बताए ।
बालकोट बैठकमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाका शीर्ष नेताहरूबीच छलफल भएको हो ।