२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाले ड्रोन आक्रमणमा मारेको जवाहिरी जिउँदै भएको दाबी

अ+ अ-

काबुल । अल कायदाले एउटा नयाँ भिडियो सार्वजनिक गरेको छ जसमा आतंकवादी अल जवाहिरीको आवाज सुनिएको छ । यस भिडियोमार्फत आतङ्कवादी संगठनले आफ्ना नेता जीवित रहेको दाबी गरेको छ । मिडिया रिपोर्टका अनुसार अल-कायदाले यो ३५ मिनेटको भिडियो शुक्रबार (डिसेम्बर २३) सार्वजनिक गरेको हो ।

आतंकवादी संगठनले यो रेकर्डिङ अल जवाहिरीको भएको दाबी गरेको छ । तर, रेकर्डिङ कहिले भयो, त्यसको जानकारी दिइएको छैन । भिडियोको विषयवस्तुबाट पनि स्पष्ट भएको छैन। यो भिडियो सार्वजनिक गरेर अलकायदाले अमेरिकालाई आफ्नो नेता जीवितै रहेको र उनले अमेरिकासग बदला लिने सन्देश दिन चाहेको छ।

अमेरिकाले ड्रोन हमलामा मारेको थियो

लादेनसँगै अल जवाहिरी पनि अमेरिकामा भएको ९/११ आतंकवादी हमलाको मुख्य साजिशकर्तामा संलग्न थिए । लादेन मारिएपछि अमेरिकी गुप्तचर एजेन्सीहरूले अल जवाहिरीलाई विश्वभर खोजिरहेका थिए। अल जवाहिरीलाई अमेरिकाले यही वर्ष जुलाई ३१ मा अफगानिस्तानको राजधानी काबुलमा ड्रोन हमलामा हत्या गरेको थियो।

अल-जवाहिरीको शव फेला परेन

अमेरिकी ड्रोन आक्रमणमा मारिएका अल जवाहिरीको शव भने फेला परेको छैन । अमेरिकाले ड्रोन हमला निकै सटिक र शक्तिशाली भएकोले उनी जीवित नरहेको दावी गरेको छ।

अल कायदाले भने आफ्नो नेता नमरेको बताउँदै आएको छ। अमेरिकाले ड्रोन हमला गरेको घर खाली रहेको तालिबानले पनि बताएको छ । त्यहाँ कोही नबस्ने उनीहरुको भनाइ छ।

आतंकवादी संगठनले लगातार आफ्नो नेतालाई जीवित साबित गर्ने प्रयास गरिरहेको छ र अमेरिकालाई धम्की दिइरहेको छ।

मर्ने जवाहिरी नै रहेको अमेरिकाको दावी

न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार ड्रोन आक्रमण अमेरिकी गुप्तचर एजेन्सी सीआईएको विशेष टोलीले गरेको थियो। अगस्ट २०२१ मा अफगानिस्तानमा तालिबान सरकार सत्तामा आएदेखि जवाहिरी काबुलमा बस्दै आएका थिए।

काबुलमा अमेरिकी एजेन्सीसँग सम्बन्धित व्यक्तिहरूले उनलाई विगत ६ महिनादेखि लगातार पछ्याइरहेका थिए। उनको परिवार र नजिकका साथीहरूलाई पनि नजिकबाट निगरानी गरिएको थियो। उक्त रिपोर्टले मर्ने जवाहिरी नै भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस