२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी सरकारले प्रदेशका सबै अस्पताल स्तरोन्नति गर्ने

अ+ अ-

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश भित्रका सबै सरकारी अस्पतालको स्तरोन्नति गर्ने भएको छ ।

आफ्नो मातहतमा रहेका जिल्ला अस्पतालहरूको स्तरोन्नति गर्न लागेको हो । यहाँ प्रदेश मातहत रहेका सबै अस्पतालको क्षमता ३१५ बेड मात्रै छ । त्यसलाई बढाएर ९ सय पुर्‍याउने तयारी स्वास्थ्य मन्त्रालयको छ ।

उक्त प्रस्ताव बुधवारको मन्त्रिपरिषद् बैठकमा पास भएको हो । तर, आर्थिक दायित्व बढी हुने भन्दै थप अध्ययन गर्नुपर्ने प्रस्ताव छ । ‘१५ शय्यालाई २५, २५ लाई ५० बनाउने प्रस्ताव हो । बनाउन सके राम्रो हुन्छ,’ प्रवक्ता मणिभद्र शर्माले भने, ‘अहिले अध्ययन गर्नुपर्छ भन्ने निर्णय भएको छ । नीतिगत रूपमा पास भएको छ । यो सबैका लागि राम्रो निर्णय हो ।’

तर, कति खर्च लाग्छ भन्ने कुनै टुङ्गो छैन । कार्यकालको अन्तिममा नयाँ सरकारलाई बढी बोझ हुने निर्णय गर्न नहुने अधिकांश मन्त्रीहरूको सुझाव थियो । त्यसैले बजेटमा नगई नीतिगत निर्णय मात्रै गरिएको शर्माले सुनाए ।

उनका अनुसार ५० शय्याको धवलागिरि अस्पताल २ सय बेडको हुने छ । अन्य अस्पताल पनि सोही अनुपातमा स्तर वृद्धि हुने सरकारले जनाएको छ । मन्त्रिपरिषद् बैठकले पर्यटनसम्बन्धी कार्यविधि पास गरेको छ ।

जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयलाई नै पर्यटनको कार्यालय मान्ने गरी प्राविधिक नियुक्त गर्ने निर्णय भएको हो । यस बाहेक प्रदेशको दलित सशक्तीकरण कार्यविधि पनि मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस