काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहबीच भेटघाट भएको छ ।
नेताद्वय खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता समेत रहेका खनालको नाम भावी राष्ट्रपतिका रूपमा चर्चामा आएको छ ।