२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचना प्रवाहलाई सहज बनाउँदै मनाङ प्रशासन

अ+ अ-

मनाङ । जिल्ला प्रशासन कार्यालयले यहाँका सार्वजनिक निकायमा सूचना अधिकारी तोकेर सूचना प्रवाहलाई सहज बनाउने उद्देश्य लिएको छ ।

जिल्लास्थित सामुदायिक एवं सार्वजनिक निकायका प्रत्येक कार्यालयमा सूचना अधिकारीसँग नियमित मासिक बैठक बसी सूचनामा एकरूपता ल्याइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार सबै सामुदायिक एवं सार्वजनिक निकायमा सूचना अधिकारी तोकी सहज सेवा प्रवाहको सुनिश्चितता गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा हेर्न र सुन्न सकिने (श्रव्य दृश्ययुक्त) नागरिक बडापत्र सञ्चालनमा ल्याइएको उनले बताए ।

प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ लाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न योगदान पुर्‍याएका जिल्ला सुरक्षा समितिका सदस्य तथा सुरक्षा निकायका प्रमुख, अधिकृत तथा जवानलाई प्रशंसा पत्रबाट सम्मान गरिएको आचार्यले जानकारी दिए ।

‘प्रत्येक पालिका तथा सामुदायिक कार्यालयमा डिजिटल बडापत्र राखी जिल्लावासीलाई सहज रूपमा हरेक कार्यको सूचना प्रवाह तथा जानकारी गराउने प्रयासमा छौँ’, उनले भने, ‘विकट जिल्ला भएकाले सूचनालाई प्रभावकारी बनाउनुपर्ने छ, सोही अनुरूप कार्य अगाडि बढाउँदै छौँ ।’

प्रतिक्रिया दिनुहोस