२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रिक्त सचिवमा सिफारिसै गर्न सकस, १५ दिन कट्दा नि छुट्टिएन ज्येष्ठता !

अ+ अ-

काठमाडौँ । बन मन्त्रालयको रिक्त सचिव पदमा उम्मेदवार सिफारिस गर्न सकस देखिएको छ । तत्कालीन सचिव पेम नारायण कँडेलले अनिवार्य अवकाश लिएको १५ दिन कटिसक्दा समेत बढुवा सिफारिस समितिले तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गर्न नसकेको हो । कँडेल गत मंसिर १४ गते अवकाश भएका थिए ।

रिक्त भएको १५ दिन भित्र सिफारिस गरिसक्नु पर्ने व्यवस्था भएपनि ज्येष्ठतामा अन्योल हुँदा दोस्रो र तेस्रो नम्बर छनौटमा कठिनाई परेको बढुवा समितिका एक सदस्यले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई बताए । 

सचिव बढुवाका लागि वरिष्ठ तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ र सचिव बढुवा समितिले ज्येष्ठ सहसचिवमध्ये तीनको नाम मन्त्रिपरिषदमा पठाउँदै आएको छ तर २०७१ को यौटा क्याबिनेट निर्णयका कारण यतिबेला दोस्रो र तेस्रो नम्बरमा को सिफारिस हुने भन्ने विषयमा समस्या देखिएपछि सिफारिस नै रोकिन पुगेको हो । जसमा कृषि विभागका महानिर्देशक डा.रेवती रमण पौडेल, कृषि मन्त्रालयका सहसचिव द्वय राजेन्द्र प्रसाद मिश्र र सवनम शिवाकोटी(अर्याल) तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक यम प्रसाद पोखरेल रहेको छन् ।

डा. पौडेल फाइल बढुवाबाट सहसचिव भएका हुन् । एक नम्बरमा सिफारिस हुने डा. पौडेलको ज्येष्ठतामा कुनै समस्या छैन तर दुई र तीन नम्बरमा कसको हुने भन्ने विषयले निर्णयमा समस्या देखिएको हो ।  

२०७१ साल माघ २९ गते बिहीबारका दिन बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयलाई मान्ने हो भने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक पौडेल दुई नम्बरमा सिफारिस हुनेछन् भने मिश्र तेस्रो नम्बरमा पर्नेछन् । 

‘लोक सेवा आयोगको आन्तरिक प्रतियोगिताबाट सिफारिस भई नियुक्त हुने कर्मचारीको हकमा नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय मितिदेखि र खुल्ला प्रतियोगिताबाट सिफारिस भई नियुक्त हुने कर्मचारीको हकमा हाजिर भएको मितिदेखि ज्येष्ठता कायम गर्ने ।’ बैठकको बुँदा नम्बर ३८ मा भनिएको छ । र, सोही बैठकले ‘यस वर्ष नियुक्त भएका सबै सेवा समूहका राजपत्राङ्कित पदहरूमा ज्येष्ठता कायम गर्दा अन्यथा भएको भए सेवा समूह सञ्चालन गर्ने मन्त्रालयले खण्ड (अ) बमोजिम हुने गरी सच्याउने र सोको अनुगमन सामान्य प्रशासन मन्त्रालयले गर्ने’ समेत भनेको छ । 

यही निर्णयलाई आधार मानेर पौडेलले बढुवा समितिमा निवेदन दिएपछि समितिले यसबारे छानबिन तथा अध्ययन गर्न समय लगाएको हो । 

फाइल बढुवाबाट नियुक्ति भएका पौडेलको ३६ औँ दिन २०७१ माघ २१ गते हुन आउँछ भने मिश्र र शिवाकोटीलाई लोक सेवा आयोगले माघ १९ गते सिफारिस गरेकोमा माघ २२ गतेको मन्त्रिपरिषद् बैठकले शिवाकोटीको १९ गतेदेखि ज्येष्ठता कायम हुने गरी बढुवा नियुक्ति मिति गरिएको र मिश्रलाई पनि सोही दिनकै मन्त्रिपरिषद् बैठकले २० गतेदेखि ज्येष्ठता कायम हुने भनेको छ । एकै दिनको बैठकले निर्णय गरेकोले त्यसअघिको पदलाई गणना गर्दा उपसचिवस्तरमा मिश्र ज्येष्ठ ठहर्छन् । 

अहिलेसम्मको अभ्यासअनुसार खुल्लाको हकमा हाजिर भएको मिति र आन्तरिकबाटको हकमा मन्त्रिपरिषद्को निर्णयलाई आधार मानिँदै आएकोमा ७१ माघमा क्याबिनेटले नै निर्णय भन्दा अघिल्लो मिति कायम गर भन्दै त्यस वर्ष भएका सबै सच्याउनसमेत भनेको  छ । त्यति मात्र होइन, २०७१ माघ २२ गतेको निर्णयले १९ र २० गतेदेखि ज्येष्ठता कायम हुने गरी बढुवा नियुक्ति गरेको भनेको छ । 

यसअघिको अभ्यासअनुसार मन्त्रिपरिषद्को निर्णयलाई आधार मान्दा पहिलो नम्बरमा कृषि विभागका महानिर्देशक डा.रेवती रमण पौडेल, दोस्रो नम्बरमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक यम प्रसाद पोखरेल र तेस्रो नम्बरमा राजेन्द्र प्रसाद मिश्रलाई बढुवा सिफारिस समितिको बैठकले सचिव बढुवाका लागि सिफारिस गर्न सक्नेछ भने नियुक्तिको पत्रलाई आधार मान्ने हो भने दुई नम्बरमा मिश्र र तेस्रो नम्बरमा शिवाकोटीको नाम सिफारिस हुनेछ । 

प्रतिक्रिया दिनुहोस