१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगेन्द्र मण्डल काँग्रेस प्रवेश गर्दै छन् ?  

अ+ अ-

काठमाडौँ । मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बनेर प्रतिनिधिसभामा भारी मतले विजयी भएका योगेन्द्र मण्डल काँग्रेस प्रवेश गर्न लागेको चर्चा चुलिएको छ । यद्यपि उनले भने उक्त हल्ला निराधार र असत्य रहेको बताएका छन् । 

नेकपा एमालेबाट एकल रूपमा उम्मेदवार सिफारिस भए पनि जसपासँगको सहमतिपछि एमालेले उनलाई टिकट नदिई जसपाका उम्मेदवार राजकुमार यादवलाई समर्थन गरेको थियो । त्यसपछि असन्तुष्ट बनेका मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

आफूले जनतासँग गरेको प्रतिबद्धता पुरा गर्न तयार हुनेलाई भने सरकार गठनको लागि बाहिरै बसेर समर्थन गर्ने पनि उनले बताए ।

नेताहरूलाई भेटेर आवश्यक सल्लाह, सुझाव लिने पनि उनले बताए ।

मण्डलले निर्वाचनको समयमा काँग्रेस नेता डा।शेखर कोइराला, अमृत अर्याल लगायतसँग काँग्रेस प्रवेश गर्ने गरी सहमति गरेको चर्चा छ । त्यसबारेमा भने मण्डलले आफूले कसैसँग निर्वाचनको बेला नभेटेको र कुनै सहमति नभएको पनि बताएका छन् । 

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार मण्डलले २१ हजार ८२० मत ल्याएर विजयी भएका थिए । उनले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवकुमार मण्डललाई पराजित गरेका हुन् । मण्डलले १७ हजार ४८६ र एमालेको समर्थनमा उम्मेदवार बनेका जसपाका राजकुमार यादवले १७ हजार ३९० मत ल्याएका थिए ।

मोरङको क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनबाट उम्मेदवार भएका मण्डलले भने काँग्रेसको आधा मत पनि नपाएको देखिन्छ  । सो क्षेत्रमा समानुपातिकतर्फ काँग्रेसले २४ हजार ६२९, माओवादीले ७ हजार २२३ र नेकपा एसले ३६५ मत गरी सत्तारुढ गठबन्धनले ३२ हजार ५१७ मत पाएको देखिन्छ । जबकि मण्डलले जम्मा १७ हजार ४८६ मत मात्रै प्राप्त गरे । उनले गठबन्धनबाट १४ हजार ७३१ मत प्राप्त नगर्दा पराजित हुनुपर्‍यो । 

यही कारणले पनि काँग्रेस नेता कोइराला र अर्यालको सेटिङमा माओवादी नेता मण्डललाई हराएर स्वतन्त्र उम्मेदवार मण्डललाई जिताउन भूमिका खेलेवापत उनी काँग्रेसमै प्रवेश गर्न लागेको अड्कल सुरु भएको थियो । मण्डलले २५ वर्षअघि स्थापना भएको जीवन विकास संस्था नेपालको संस्थापक प्रमुख हुन् । 

प्रतिक्रिया दिनुहोस