२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाका घटना बाँकेमा बढी

अ+ अ-

बेलहिया (रुपन्देही) । लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण गरिँदा पीडितहरू झन् समस्यामा बल्झिरहेको रुपन्देहीको भैरहवामा आज आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन् ।

लायन्स क्लब अफ भैरहवा ग्रिन सिटी र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको संयुक्त आयोजनामा भएको ‘लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोलने वक्ताहरूले लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण भन्दा पनि पीडितलाई न्याय नै महत्त्वपूर्ण हुनेमा जोड दिएका छन् ।

लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाका मुद्दामाको तथ्याङ्क हेर्दा बाँके जिल्लामा सबैभन्दा बढी हिंसाका घटना रहेको तथ्याङ्कले देखाएको छ। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा २०७९ साल साउनदेखि कात्तिक मसान्तसम्मको नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालयको तथ्याङ्कअनुसार बाँके जिल्लामा दुई सय ८३ जना विभिन्न खाले लैङ्गिक हिंसामा परेको देखिएको छ ।

यसैगरी रुपन्देही जिल्लामा एक सय ८६ वटा हिंसाका घटना सार्वजनिक भएका छन् भने कपिलवस्तुमा एक सय १५, नवलपरासीमा एक सय चार र बर्दियामा ९३ हिंसा भएको देखिन्छ । दाङ र अर्घाखाँचीमा ३४, पाल्पामा ३२, गुल्मी २५, रोल्पा २३, रुकुम १२ र प्युठान नौ वटा हिंसा भएको देखिन्छ । प्रहरीको तथ्याङ्कअनुसार प्रदेशभरिमा चार महिनाको अवधिमा नौ सय ५० वटा हिंसाजन्य घटना भएका छन् । त्यसमध्ये ७८ हिंसाको घटना प्रहरीमा मिल्न नसकी अदालती प्रक्रियामा गएका छन् भने एक सय २० वटा पीडकहरू सम्पर्कमा नै आएका छैनन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसामा घटनाबारे कार्यपत्र प्रस्तुत गरेकी सामाजिक अभियन्ता ज्ञानु पौडेलले पितृसत्तात्मक सामाजिक मूल्यमान्यता र संरचनाको कारण नै लैङ्गिक हिंसामा महिला परेको बताइन् । ‘महिला हिंसाको घटनामा गराइने मिलापत्र पनि हिंसा बढ्नुको कारण हो’, उनले भनिन्, ‘सामाजिक सञ्जालको दुरुपयोगले पनि हिंसा बढाउन मद्दत गरेको छ ।’
समाजशास्त्री विमला पोखरेलले लैङ्गिक हिंसामा घटनामा विभेदले नै हिंसालाई बढवा दिएको बताइन् । उनले भनिन्, ‘महिलाहरूले सहनै पर्छ भन्ने मूल्यमान्यता हटाउनुपर्छ, अन्यायको विरुद्ध आवाज नउठाएसम्म हिंसाका घटना घट्ने छैनन् ।’

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले मधेसी समाजमा हिंसाविरुद्ध नबोल्ने प्रचलनले समस्या सृजना गरेको बताइन् । उनले भनिन्, ‘हिंसामा परिसकेपछि पनि समस्या बाहिर ल्याउन नसक्नेहरू धेरै छन् । साँच्चिकै हिंसालाई न्यूनीकरण गर्ने हो भने पार्टी र दलभन्दा माथि उठेर सबै निकायले काम गर्नुपर्छ ।’

कार्यक्रममा उच्च अदालत बुटवलका इजलासका न्यायाधीश सरला पाण्डेले पितृसत्तात्मक सोचले हाम्रो समाजलाई पिरोलिरहेको बताइन् । न्यायाधीश पाण्डेले अदालतमा जबरजस्ती करणीको मुद्दा आउने गरेको भए तापनि पीडितलाई ‘होस्टाइल’ गराउने गलत कार्यले अर्को समस्या थपेको बताइन् ।

उनले हिंसाको सुरुआत नै घरबाट हुने गरेको बताउँदै १६ दिने अभियानको बेला मात्रै नभएर हरेक समयमा हिंसा विरुद्धको अभियान चलाउनुपर्ने, घरघरमा जनचेतना पुर्‍याउनुपर्ने समेत बताइन् ।

कार्यक्रममा वरिष्ठ अधिवक्तासमेत शिवप्रसाद गौडेलले हरेक मानिसले हिंसाको विरुद्ध आवाज उठाउनुपर्ने बताए । कानुनले दण्डनीय भनी घोषणा गरेको विषयमा पनि हाम्रो समाजले मौनता साँध्न खोज्नु गलत भएको बताए ।

लायन्स क्लब भैरहवा ग्रिनसिटीका अध्यक्ष श्रीबहादुर रायमाझीले राज्यका निकायहरू, सामाजिक सङ्घसंस्था सबैको सहकार्य र एकताले नै समाजलाई हिंसामुक्त गराउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस