२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निकुञ्जले पुनः भत्कायो कुसुमखोलामा चेपाङका टहरा

अ+ अ-

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले माडीस्थित कुसुमखोलामा रहेका चेपाङका घर तथा टहराहरू फेरि भत्काएको छ ।

निकुञ्जको बगहीं पोष्टमा कार्यरत सेना र निकुञ्जका कर्मचारीहरू बुधबार दिउँसो कुसुमखोलाका विभिन्न गाउँमा पुगी नौ वटा टहरा भत्काएका हुन् । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने बस्दै आएका चेपाङको नभई बाहिरबाट आएकाहरूले बनाएका नयाँ टहराहरू भत्काएको दाबी गरे । 

आचार्यका अनुसार धादिङ, पोखरालगायतका ठाउँबाट नयाँ मानिसहरू आउने क्रममा बढेको छ ।

पुराना बस्ती व्यवस्थापनमा स्थानीय सरकार, राजनीतिक दलहरूसँग छलफल गर्ने गरेको भए पनि निकुञ्जभित्र अवैध रूपमा नयाँ संरचना बनाउन रोक्नु आफ्नो नियमित काम भएको निकुञ्ज बताउँछ । 

दिउँसो पैदलै हिँडेर कुसुमखोला पुगेका सेना र निकुञ्जका कर्मचारीहरूले भत्काइने घरबाटै बञ्चरो र खुर्पा लिएर घरहरू भत्काएको कुसुमखोलाका स्थानीय काजीमान चेपाङले बताए । 

निकुञ्जले ३ साउन ०७७ मा पनि काजीमान प्रजा र दीपबहादुर प्रजाको घरमा आगो लगाएर १० वटा घर भत्काएको थियो । निकुञ्जले आगो लगाएर एक साताभित्र बस्ती खाली गर्न चेतावनी दिएको थियो । 

निकुञ्ज प्रशासनले हात्ती लगाएर घर भत्काएपछि १५ साउनमा सर्वोच्च अदालतले घर-टहरा नभत्काउन, भत्केका घरको क्षतिपूर्ति दिन र चेपाङहरूका लागि बसोबासको व्यवस्था गर्न सरकारको नाममा आदेश दिएको थियो । तर, १४ चैत २०७८ मा पनि पुनः त्यहाँका घरहरूमा निकुञ्जले आगो लगाएको थियो । त्यस यता निकुञ्जले पटक-पटक त्यहाँको घर भत्काएको छ । 

प्रतिक्रिया दिनुहोस