२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीमा जनमोर्चा र बाबुराम भट्टराईको पार्टी आउट

अ+ अ-

काठमाडौँ । गण्डकीमा ०७४ को निर्वाचनबाट समानुपातिकमा एक-एक सिट पाएर साख जोगाएका दुई दल राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी (तत्कालीन नयाँ शक्ति पार्टी नेपाल) प्रदेशसभाको दोस्रो निर्वाचनमा बाहिरिएका छन् ।

चित्रबहादुर केसी नेतृत्वको राजमो र बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट अघिल्लो निर्वाचनमा एक-एक जना समानुपातिक सांसद बनेका थिए ।

तर, पाँच वर्षमा नै जनमोर्चा बाहिरियो । बाबुराम भट्टराइको पार्टीले भने यसपटक माओवादी केन्द्रलाई समर्थन गर्‍यो । माओवादीलाई समर्थन गर्दा अघिल्लो निर्वाचनमा समानुपातिकमा तीन सिट पाएको माओवादीको समानुपातिक मत बढ्दा चार सांसद आउने आकलन थियो । तर, त्यसो हुन सकेन ।

यी दुई दल आउट हुँदा राप्रपाले भने गण्डकीमा दुई सिट पाएको छ । प्रत्यक्षमा कुनै सिट नजितेपनि राप्रपाले समानुपातिकमा दुई सिट पाएको हो ।

ठूला दल एमाले, काँग्रेस र माअ‍ोवादी केन्द्रको समानुपातिकमा अघिल्लो निर्वाचनको तुलनामा मत घटेको छ । 

गण्डकीका २४ समानुपातिक सिटमध्ये एमालेले १०, काँग्रेसले ९ र माओवादीले तीन सिट जितेको छ । 

मत संख्याका आधारमा एमालेले तीन लाख ६७ हजार ९८९, काँग्रेसले तीन लाख ४९ हजार ६२८, माओवादीले एक लाख १६ हजार ९४५ मत पाए ।

चौँथो बनेको राप्रपाले ५९ हजार ४८३, हाम्रो नेपाली पार्टीले १८ हजार ७३७, नेकपा एस ले १५ हजार ७६ र जनमोर्चाले १४ हजार ९४० मत पाएको निर्वाचन आयोगको वेबसाइटमा उल्लेख छ ।

गण्डकीमा कुल खसेको मत मध्ये ९ लाख ८५ हजार ८०२ मत सदर भएको थियो । प्रदेशसभामा १.५ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्छ । यो भनेको १४ हजार ७८७ मत हुन आउँछ । थ्रेसहोल्ड कटाएपनि हाम्रो नेपाली पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनमोर्चाले भने सांसद पाएनन् ।

प्रतिक्रिया दिनुहोस