२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेलाको विरोधमा उद्योग वाणिज्य सङ्घद्वारा बजार बन्द

अ+ अ-

काठमाडौँ । तुलसीपुरमा एक क्लबले मेला लगाउने तयारी गरेपछि त्यसको विरोधमा उद्योग वाणिज्य सङ्घले बजार बन्द गराएको छ। 

युथ्स् अफ तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवा नजिकै मेला लगाउने तयारी गरेपछि त्यसविरूद्ध व्यापारीहरूले बजार बन्द गराएको हो। 

वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले व्यापारीहरूलाई मर्का पर्ने हुँदा मेला लग्न नदिने भन्दै विरोध जनाएका छन्। 

मेला लगाउने नै भएपनि माघ १५ पछाडि मात्रै लगाउनुपर्ने उनको भनाइ छ। 

चिसो याम सुरु भएसँगै न्यानो  कपडाहरू बिक्री हुने समय भएकाले अहिले मेला लगाउँदा व्यापारीहरू मर्कामा पर्ने उनी बताउँछन्। 

क्लबलाई मेला महोत्सव लगाउने अधिकार नभएको पनि उनले जिकिर गरे।

क्लबका अध्यक्ष अरूण लहरेले लुम्बिनी प्रदेशस्तरीय कृषि तथा व्यापारिक महोत्सवको सबै तयारी पूरा भइसकेको हुँदा कुनैपनि हालतमा नरोकिने बताए।

क्लबका सचिव आकाश भण्डारीले मङ्गलवार विज्ञप्ति जारी गर्दै साउन १ गते मेला लगाउन तुलसीपुर उपमहानगरपालिकाबाट अनुमति लिइसकेको बताए। महोत्सवका लागि मनोरञ्जन कर एक लाख समेत बुझाइसकेको उनले जानकारी दिए। 

यस विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालय दाङले भने मेलालाई रोक्न पत्राचार गरेको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले आफूलाई मंसिर ९ गते नै विवाद बढेका कारण जिल्ला प्रशासनबाट मेला महोत्सव रोक्न पत्राचार भइसकेको बताए। 

दुई पक्षबीचको विवादलाई मिलाउन उपमहानगरका मेयर टीकाराम खड्काले प्रयास गरेपनि सफल हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस