१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गढ मानिने चितवन ३ मा काँग्रेस पाँचौँ

अ+ अ-

चितवन । दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली काँग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालीन क्षेत्र नं ४ बाट उम्मेदवार बने ।

भारी मतले उनी विजयी पनि भए । उनले छाडेर उपनिर्वाचन हुँदा काँग्रेसका रामकृष्ण घिमिरेले पनि अत्यधिक मतले विजयी भए ।

हालको क्षेत्र नं ३ सोही क्षेत्र पर्दछ । विगत नौ वर्षमा सो क्षेत्रमा काँग्रेसको प्रभाव निरन्तर ओरालो लाग्यो । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको मत परिणामअनुसार काँग्रेस सो क्षेत्रमा पाँचौँ हुन पुगेको छ । चितवन ३ मा समानुपातिक ९४ हजार दुई सय ८० मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २८ हजार चार सय एक मत प्राप्त गरेर पहिलो बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ हजार सात सय ५५ मत प्राप्त गरी दोस्रो बनेको छ भने नेकपा (माओवादी केन्द्र) ले १६ हजार ८९ प्राप्त गरी तेस्रो भएको छ । नेकपा (एमाले)ले १४ हजार पाँच सय २२ मत प्राप्त गरेर चौथो र काँग्रेसले १० हजार पाँच सय २१ मत प्राप्त गरी पाँचौँ स्थानमा पुगेको छ ।

सो क्षेत्रमा काँग्रेसले झण्डै ४० हजार र एमालेले ३० हजार हाराहारी मत भएको दाबी गर्दै आएका थिए । समग्र जिल्लामा पहिलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बन्न सफल भएको छ । समानुपातिक मत परिणामअनुसार एमाले दोस्रो र काङ्ग्रेस तेस्रो भएका हुन् ।

जिल्लामा कूल खसेको समानुपातिक मतको ३६ प्रतिशत मत पाएर स्वतन्त्र पार्टी पहिलो पार्टी बनेको हो । समानुपातिकमा एमालेले २० प्रतिशत, काँग्रेसले १४ प्रतिशत, माओवादीले केन्द्रले ११ प्रतिशत, राप्रपाले नौ प्रतिशत र नेकपा (एकीकृत समाजवादी)ले दुई प्रतिशत मत पाएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ९९ हजार ३७ मत पाउँदा एमालेले ५५ हजार तीन सय १२, नेपाली काँग्रेसले ३९ हजार एक सय ३०, माओवादी केन्द्रले २९ हजार चार सय ६१, राप्रपाले २५ हजार ५५ र नेकपा (एकीकृत समाजवादी)ले चार हजार नौ सय छ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर १ मा ९५ हजार तीन सय ९९ मतमा स्वतन्त्र पार्टीले ३४ हजार छ सय ९१ मत प्राप्त गरेको छ । एमालेले २४ हजार छ, काँग्रेसले १६ हजार छ सय ९५,माओवादी केन्द्रले चार हजार नौ सय ६५, राप्रपाले पाँच हजार ८२ र नेकपा एकीकृत समाजवादीले तीन हजार पाँच सय १८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी नवीनराज रुवालीले जानकारी दिए ।

चितवन २ मा ८२ हजार नौ सय ३४ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ हजार नौ सय ४५ मत पाएको छ । एमालेले १६ हजार सात सय ८४ मत पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार काँग्रेसले ११ हजार नौ सय १४, नेकपा माओवादी केन्द्रले आठ हजार चार सय सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार दुई सय १८ र एकीकृत समाजवादीले छ सय १६ मत पाएको छ ।

जिल्लामा पुराना एवं ठुला पार्टीले नयाँ र साना दलसँग प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जित निकाल्न नसके पनि समानुपातिकमा समेत यसको प्रभाव देखिएको छ । प्रत्यक्षमा दुई क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी र एक क्षेत्र राप्रपाले जितेका छन् । प्रदेशसभामा एमालेले दुई र काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले एक एक क्षेत्र जितेका छन् ।

काँग्रेस चितवनका सभापति राजेश्वर खनालले सङ्घ र जिल्ला तहमा गठबन्धन गरिए पनि मतदाताले अस्वीकार गर्दा पार्टीले मत कम पाएको बताए ।

जिल्लामा रुष्ट बनेका दलका कार्यकर्ताले फरक उम्मेदवारलाई मतदान गरेपछि पहिले पहिले निर्वाचन जितेका दलहरू अहिले निकै कमजोर देखिएका हुन् ।

प्रतिक्रिया दिनुहोस