२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कैलाली-१ मा रञ्जिता श्रेष्ठको जित निश्चित, प्रदेश सभा ‘क’मा चौधरी विजयी 

अ+ अ-

काठमाडौँ । कैलाली क्षेत्र नं १ प्रदेशसभा (क) तर्फ नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी विजयी भएका छन्। प्रदेशसभा (क) मा चौधरी १५ हजार एक सय एक मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका हुन्।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका भीमबहादुर बमले चार हजार ६० मत ल्याउँदा जनता समाजवादी पार्टीका भगतराम चौधरीले दुई हजार २७८ मत प्राप्त गरेका छन्। जनता समाजवादी पार्टीलाई नेकपा (एमाले)को समर्थन रहेको थियो। यस क्षेत्रमा ३५ हजार एक सय ६२ मत खसेको थियो।

कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टी जित नजिक पुगेको छ । निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन सहायक अधिकृत लक्ष्मी ओडका अनुसार प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जित नजिक पुगेका हुन्।  प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ। उनले गणना हुन बाँकी मतभन्दा धेरै मतान्तरले अग्रता लिएकी छिन्।

सहायक निर्वाचन अधिकृत ओडका अनुसार श्रेष्ठले २६ हजार १५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ मत पाएका छन्। उनीहरुबिचको मतान्तर १० हजार ४३७ रहेको छ।

यस क्षेत्रमा कूल एक लाख सात हजार ६७२ मतमध्ये ६४ हजार ३३२ मत खसेको थियो। त्यसमध्ये हालसम्म ५५ हजार ७२३ मत गणना भइसकेको छ। सहायक निर्वाचन अधिकृत ओडका अनुसार ८ हजार ६०९ मत गणना हुन बाँकी छ। अहिलेसम्म दुई हजार ९१० मत बदर भएको छ।

प्रतिक्रिया दिनुहोस