काठमाडौँ । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् ।
२०७४ मा रसुवाबाटै प्रतिनिधिसभा सदस्य निर्वाचित आचार्यले दोस्रो पटकको जितमा नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए । उनीहरुबीचको मतान्तर ९ हजार ६२१ छ ।
२०४८ सालमा नेपाल विद्यार्थी संघमा आबद्ध भएर राजनीति यात्रा आरम्भ गरेका काँग्रेसका जिल्ला स्तरका विभिन्न सङ्गठनमा रहेर जिम्मेवारी निर्वाह गरेका नेता हुन् । २०७२ मा नेपाली काँग्रेस महासमिति सदस्य रहेका उनी २०७८ मा काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
निर्माण व्यवसायी ४६ वर्षीय आचार्य इन्जिनियर हुन् ।