२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विस्फोटक हतियारको प्रयोग रोक्न ८० राष्ट्रहरूको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । जनसङ्ख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोगलाई रोक्न संयुक्त राष्ट्रसङ्घ र रेडक्रसले समर्थन गरेको घोषणालाई शुक्रबार डब्लिनमा भएको सम्मेलनमा ८० राष्ट्रहरूले प्रतिबद्धता जनाएका छन् । यद्यपि उक्त सम्झौता कानुनी रूपमा बाध्यकारी छैन ।

तर ती राष्ट्रहरूले युद्धमा फसेका नागरिकहरूलाई बचाउनको लागि सहरी तथा बसोबास भएको क्षेत्रहरूमा हतियारको प्रयोगलाई प्रतिबन्ध गर्न सहमत भएका छन् । संयुक्त राज्य अमेरिका सहित आर्थिक रूपमा उन्नत राष्ट्रहरूको  समूह जी-७ का सबै सदस्यहरू उक्त  सम्झौतामा सहमत भएका छन् तर रुस र चीन भने यस बारे मौन छन् । पछिल्ला दिनहरूमा युक्रेनका सहरी क्षेत्रहरूलाई लक्षित गर्दै मस्कोले आफ्नो बम विस्फोट अभियानको लागि व्यापक आलोचनाको सामना गर्नु परेको छ । जुनमा जेनेभामा संयुक्त राष्ट्र सङ्घको बैठकमा अन्तिम रूप दिइएको यो घोषणा आयरल्याण्डको नेतृत्वमा भएको तीन वर्षको परामर्शको परिणति हो।

‘जनसङ्ख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोगको विनाशकारी प्रयोगलाई यस्सै हल्कारूपले लिन सकिँदैन,’ आयरल्याण्डका विदेशमन्त्री साइमन कोभेनीले सम्मेलनमा भनेका छन् । ‘हामी यो राजनीतिक घोषणा नागरिकको संरक्षणको मौलिक महत्त्वमा सन्देश पठाउँदै वर्तमान र भविष्यका द्वन्द्वहरूका लागि सान्दर्भिक होस् भन्ने चाहन्छौँ, ‘उनले  भनेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का नयाँ अध्यक्ष मिर्जाना स्पोलजारिकले पनि यो दस्ताबेज ‘समस्याको गम्भीरतालाई स्वीकार गर्न र यसलाई सम्बोधन गर्न ठोस कदम चाल्ने प्रतिबद्धता’ गर्ने प्रकारको पहिलो दस्ताबेज भएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घ र आईसीआरसीले वर्षौँदेखि राष्ट्रहरूलाई नागरिकहरू बस्ने र भेला हुने ठाउँहरूमा हतियार प्रयोग नगर्न प्रतिबद्ध हुन आह्वान गर्दै आएको छ। सिरिया, इराक, यमन र हालै युक्रेनमा भएका युद्धहरू लगायत सहरी द्वन्द्वका तथ्याङ्क र अनुसन्धानले घोषणापत्रलाई थप सान्दर्भिक बनाएको छ। गत दशकको द्वन्द्वबाट सङ्कलित संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कले सहरी क्षेत्रमा विस्फोटक पदार्थका कारण हुने मृत्युमध्ये ९० प्रतिशत सर्वसाधारण नागरिकको रहेको देखाएको छ  भने  जम्मा  १० प्रतिशत सैन्य हताहती हुने गरेको पाइएको छ ।

जर्मनीमा शरण खोज्न एलेप्पोमा लडाइँबाट भागेका अपाङ्गता अभियानकर्ता र सिरियाली शरणार्थी नुजीन मुस्तफाले सम्मेलनलाई भनेस् ‘जब निहत्था नागरिकहरू माथि बमबारी हुन्छ ।  त्यसले उनीहरूको जीवन, सहर र घरहरू मात्र गुमाउँदैन सिङ्गो जीवन र सन्ततिको भविष्यको यात्रा पनि गुमाउँछन् । उनले  भने, ‘म तपाईँलाई यो प्रतिबद्धताको सम्मान गर्न प्रोत्साहित गर्दछु किनभने द्वन्द्व क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरू जो विस्फोटक हतियारको सिकार भएका छन् तिनीहरूलाई अपेक्षा, आवश्यकता र लिखित प्रतिबद्धता मात्र होइन  त्यसको कार्यान्वयनको खाँचो छ।

प्रतिक्रिया दिनुहोस