२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

अ+ अ-

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको नतिजा प्रकाशित गरिएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले नतिजा प्रकाशित गरेको हो ।

प्रकाशित नतिजा अनुसार ८ हजार ७८५ जना उत्तीर्ण भएका छन् । उत्पादनमूलक क्षेत्रका लागि १८ हजार ५९५ जनाले आवेदन दिएका थिए । तीमध्ये १४ हजार ४३ जना परीक्षामा सहभागी थिए । यही २० भदौदेखि कात्तिक २० गतेसम्म दोस्रो चरणको कोरियन भाषा परीक्षा सञ्चालन भएको थियो । 

उत्तीर्ण भएका व्यक्तिहरूको रोजगार आवेदन फाराम वितरण तथा दर्ता कार्यको विस्तृत तालिका पछि प्रकाशित गरिने शाखाले जनाएको छ । अन्य परीक्षार्थीहरूले समेत आफ्नो प्राप्ताङ्क हेर्न सकिनेछ । रोजगार आवेदन फाराम भर्नाका लागि प्रहरी प्रतिवेदन तथा स्वास्थ्य परीक्षणमा समेत सफल हुनु पर्ने शाखाले जनाएको छ । राहदानीको म्याद कम्तीमा पनि एक वर्षको हुनुपर्ने र कुनै “क“ वर्गको बैङ्कमा आफ्नै नाममा खाता खोली सो को प्रमाण एवं सम्बन्धित व्यक्तिको व्यक्तिगत इमेल ठेगाना अनिवार्य रूपमा पेस गर्नुपर्ने शाखाले जनाएको छ । 

कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु भनेको रोजगार आवेदन फाराम भर्न योग्य हुने भएको भन्दै यो कोरियामा रोजगारीको ग्यारेन्टी नभएको शाखाले प्रस्ट पारेको छ । यसअघि कृषि क्षेत्रका ८०० भन्दा बढी कामदार कोरिया पुगिसकेका छन् । नेपाल र कोरिया सरकारबीच सम्पन्न समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत नेपालले कोरियामा कामदार पठाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस