१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माण

अ+ अ-

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमध्ये हालसम्म उक्त सुरुङ निर्माण गरेको हो ।

पावर हाउसअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय पचहत्तर जना जनशक्ति परिचालन गरिएको सेफ्टी हेल्थ एण्ड वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिए ।

डयाम साइडबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ । उनले भने ‘आयोजनाले चौबिसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ ।’ प्याकेज २ अन्तर्गत १,२ र ३ को पावर हाउस जाने टनेलको सबै कार्य सम्पन्न भैसकेको छ ।

जिल्लाको ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट विद्युत् उत्पादन कार्यका लागि निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

पानी निस्कने सुरुङको ढलान कार्यका लागि स्टिल फर्म बक्स भइरहेको आयोजनाका सहायक निर्देशक भोजराज पोख्रेलले जानकारी दिए । उक्त प्याकेजको ठेक्का सोङ दा-कालिका जेभीले पाएको छ । त्यसैगरी,प्याकेज दुई अन्तर्गतको विद्युत्गृह खन्ने काम समेत सम्पन्न भैसकेको छ ।

आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको उनले बताए ।

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाई भएको भूमिगृत विद्यृत्गृहको सुरुङ खन्ने काम सकेको आयोजनाले जनाएको छ । विद्युत्गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टबाट सुरु भएको हो ।

सिनोहाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ । २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ निर्माण कार्य पनि सम्पन्न गरेको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत० रु।पचास करोड पचास लाख अमेरिकी डलरको लागि एडिबीको रु.पन्ध्र करोड लगानी रहेको छ ।

त्यसै गरी,जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले रु.अठार करोड चालिस लाख, युरोपियन लगानी बैंङ्कले रु.आठ करोड पचास लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले रु. आठ करोड साठी लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस