२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् म्याग्दीका ८ वटा मतदान केन्द्रको जिम्मा पाउने महिला अधिकृत !

अ+ अ-

काठमाडौँ । म्याग्दीका आठ वटा मतदान केन्द्रमा महिलालाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको छ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा म्याग्दीका आठ वटा मतदान केन्द्रको जिम्मेवारी महिलालाई दिइएको हो ।

चुनावका लागि म्याग्दीका एक सय २० वटा मतदान केन्द्रमध्ये आठ वटा केन्द्रमा महिलालाई मतदान अधिकृत तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान केन्द्रलाई समावेशी बनाउन महिलालाई पनि नेतृत्वको अवसर दिइएको हो ।  

बेनी नगरपालिका-१ रत्नेचौर अर्जममा रहेको रामचन्द्र मावि मतदान केन्द्रमा करुणा कार्की, बेनी-९ घतानको नेप्टेचौरमा रहेको राष्ट्रिय मावि मतदान केन्द्र (ख) मा साधनाकुमारी श्रेष्ठलाई मतदान अधिकृतको जिम्मेवारी तोकिएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिए। यसैगरी अन्नपूर्ण गाउँपालिका–६ घारको मुक्तिमार्ग मावि मतदान केन्द्र (ख) मा प्रतिज्ञा सुवेदी र रघुगंगा नगरपालिका-३ राखुपिप्लेको हिमाल आधारभूत विद्यालय पातल्ना मतदान केन्द्रमा शान्ति खत्रीलाई मतदान अधिकृत तोकिएको छ । 

त्यस्तै मंगला गाउँपालिका-२ बाबियाचौरको मंगला माविको (ख) मतदान केन्द्रमा पवि थापा, मालिका गाउँपालिका-६ दरबाङको जनप्रिय मावि दरबाङ (क) केन्द्रमा उमादेवी कँडेल र धवलागिरि गाउँपालिका-७ ताकममा रहेको ताकम माविको (क) मतदान केन्द्रमा लालमाया छन्त्याललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको सहायक निर्वाचन अधिकृत पौडेलले बताए। यस्तै जिल्ला कारागार कार्यालय म्याग्दीको अस्थायी मतदान केन्द्रमा अम्बिका शर्मालाई मतदान अधिकृत बनाइएको छ भने यस केन्द्रमा सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगीसमेत सबै महिला कर्मचारीलाई नै जिम्मेवारी तोकिएको उनको भनाइ छ । 

मतदान केन्द्रलाई मतदान स्थलको भौगोलिक अवस्थाअनुसार स्थानीयवासीको सहयोगमा अपाङ्गमैत्री बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्देशन दिएको छ । मतदान गराउने जिम्मेवारी पाएपछि महिला कर्मचारी उत्साहित भएका छन् । चुनाव गराउने आवश्यक तालिमसहित मतदान अधिकृतको जिम्मेवारी पाएकोमा खुसी लागेको मतदान अधिकृत उमादेवी कँडेलले प्रतिक्रिया दिइन् । 

म्याग्दीमा ८२ वटा मतदानस्थल, एक सय १९ वटा मतदान केन्द्र र जिल्ला कारागारमा एकवटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । चुनाव सम्पन्न गराउन म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर नौ सय ५२ जना कर्मचारी परिचालन गरिने भएको छ । 

प्रतिनिधि सभातर्फ एक र प्रदेश सभा तर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा निर्वाचित हुने तीन पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मङ्सिर ४ गतेको चुनावका लागि यहाँ ८६ हजार एक सय २० जना मतदाता कायम भएका छन् । 

प्रतिक्रिया दिनुहोस