२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्ष जनशक्ति नहुँदा बढ्दै असुरक्षित गर्भपतन

अ+ अ-

काठमाडौँ । नेपालमा हुने असुरक्षित गर्भपतनलाई निरुत्साहित पारी सुरक्षित रूपमा हुने गर्भपतनलाई प्रोत्साहन गर्न एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । मधेस प्रदेशमा गर्भपतन गराउने दक्ष जनशक्ति नहुँदा असुरक्षित गर्भपतन बढेको छ । 

त्यस्तै, भारतबाट नेपालमा दर्ता नभएका औषधिहरूको समेत प्रयोग बढ्दो छ । अधिकारीहरूले बताएअनुसार मधेस प्रदेशमा १२ हप्तामाथिको गर्भपतन गराउने दक्ष जनशक्ति दुईजना मात्रै छन् । 

मधेस प्रदेशको जनकपुरमा ‘गर्भपतनको स्वास्थ्य मापदण्ड र यसको गलत प्रयोग’का बारेमा आयोजना गरिएको अन्तरक्रियामा सहभागीहरूले असुरक्षित गर्भपतन गराउनेहरू बढ्दो क्रममा रहेको भन्दै यसलाई निरुत्साहित बनाउन सबै लाग्नुपर्ने बताए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार गर्भपतन गराउनेहरूमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रूपमा गराएको देखिएको छ । मधेस प्रदेश सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत विजय यादवले बढ्दो असुरक्षित गर्भपतनलाई रोक्न एक्लै सम्भावना नरहेको बताए । 

उनले सबै निकायले यसमा साथ दिनुपर्ने पनि बताए । उनले यसका लागि प्रदेशले छुट्टै निर्देशिका बनाउन थालेको स्पष्ट पारे । प्रदेशमा दक्ष जनशक्तिको अभावले पनि सुरक्षित गर्भपतन हुन नसकेको उनको तर्क छ । अनुगमनको पाटो तीव्र बनाउनु पर्ने देखिएको उनको भनाइ छ । 

मधेस प्रदेशमा ७ हजार ५ सय १३ जनाले यस वर्ष सुरक्षित गर्भपतन गराएका छन् । तर, यो संख्या अत्यन्तै न्यून भएको अधिकारीहरूले बताएका छन् । 

सहभागीहरूले भनेका छन्, मधेस प्रदेशमा सूचीकरण नभएका स्वास्थ्य संस्थाबाट सेवा र नेपालमा दर्ता नभएका औषधि व्यापक प्रयोग भइरहेको छ । 

वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ चिकित्सक रामनरेश पण्डितले प्रसूति गराउने दक्ष जनशक्तिको अभावले गर्दा पनि असुरक्षित गर्भपतन बढेको देखिन्छ । 

डा. पण्डितले असुरक्षित रूपमा हुने गर्भपतनलाई रोक्न निरन्तर मिडियाको खबरदारी भएको बताए । त्यस्तै नेपालमा दर्ता नभएका औषधिहरूको पनि गर्भपतनमा व्यापक प्रयोग हुने गरेको उनको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस