२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलामा चुनावी प्रचारका क्रममा झडप, दुईजना घाइते

अ+ अ-

काठमाडौँ । दार्चुलाको नौगाड गाउँपालिकामा चुनावी प्रचारप्रसारको क्रममा झडप हुँदा दुईजना घाइते भएका छन्। नौगाड-६ स्थित खेडमा प्रचारप्रसारमा खटिएका सत्तागठबन्धन दलका कार्यकर्ता र नौगाडको जामिरमा आमसभामा गरिरहेका एमाले कायर्कर्ताबीच झडप भएको हो।

झडपमा परी गठबन्धन दलतर्फका नौगाड-६ का ३५ वर्षीय जयभानसिंह धामी र नौगाड गाउँपालिका-५ का एमाले कार्यकर्ता २४ वर्षीय निरे ठगुन्ना घाइते भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी राजेश शाहीले जानकारी दिए।

एमालेको चुनावी सभालाई अवरोध गर्ने गरी आमसभामा जाने कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको एमालेको नौगाड गाउँपालिका कमिटीका अध्यक्ष जनकसिंह ठगुन्नाले बताए। गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बताएका छन्।

घाइतेमध्ये जयभानसिंहको टाउकोमा चोट लागेको छ। उनको टाउकोको सिटिस्क्यानका लागि धनगढी रिफर गरिएको गोकुलेश्वर अस्पतालका डाक्टर पूजा बमले बताइन्। चोट सामान्य भए पनि चेकअपका लागि रिफर गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस