२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्ट प्रवृत्तिको अन्त्य र सुशासन स्थापना मेरो मुख्य एजेण्डा हो : धनराज गुरुङ

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले भ्रष्ट प्रवृत्ति अन्त्य गर्दै सुशासन स्थापना आफ्नो मुख्य एजेण्डा रहेको बताएका छन् । आइतबार बिहान स्याङ्जाको गल्याङमा भएको घरदैलो तथा कोणसभामा सम्बोधन गर्दै उनले भ्रष्ट प्रवृत्ति अन्त्य नहुँदासम्म सुशासन स्थापना गर्न नसकिने भएकाले यसको अन्त्य नै आफ्नो मुख्य एजेण्डा रहेको उल्लेख गरेका हुन् ।

वाम-लोकतान्त्रिक गठबन्धनबाट स्याङ्जा क्षेत्र नं २ को प्रतिनिधिसभाका उम्मेदवार रहेका नेता गुरुङले देशमा मौलाएको भ्रष्टाचार तथा भ्रष्टाचारजन्य प्रवृत्तिलाई  खोजीखोजी निर्मूल गर्नु आजको आवश्यकता भएको बताए ।  

जोखिमयुक्त अवस्थामा रहेका स्याङ्जाका ग्रामीण सडक स्तरोन्नति, जिल्लाको लाइफलाइनका रूपमा रहेको सिद्धार्थ राजमार्गलाई ‘डेडिकेटेड टु लेन’ को सडक बनाउने, जिल्लामा प्रविधियुक्त र दक्ष उपकरणहरूसहित सुविधासम्पन्न अस्पताल निर्माण, स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा स्थानीय शिक्षाको विकास, नीतिगत तथा कानूनी समस्या संशोधनका लागि आवाज, भौतिक पूर्वाधारको विकासमा जोड, पर्यटकीय सम्भावनाका क्षेत्रको पहिचानसँगै त्यसलाई आर्थिक आम्दानीका रूपमा विकास गर्ने, उद्यमशीलताका क्षेत्रलाई प्राथमिकता दिने र युवालाई स्वदेशमै रोजगार बनाउने अन्य एजेण्डा रहेका छन् ।

क्षेत्र नं २ मा काँग्रेस केन्द्रीय उपसभापति गुरुङ र नेकपा एमाले केन्द्रीय सचिव पद्माकुमारी अर्याललगायत अन्य दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा एमाले नेत्री अर्यालले काँग्रेस नेता गोपालमान श्रेष्ठलाई पराजित गरी मन्त्री बन्नुभएको थियो । स्याङ्जा क्षेत्र नं २ मा दुई पार्टीका केन्द्रीय स्तरका दुई नेताहरुबीच मुख्य प्रतिस्पर्धा हुने भएको हो । यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपासहित अन्य स्वतन्त्र उम्मेदवारका कारण दुवैको मत काटिन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस