२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेट : भारत र इंग्ल्याण्ड भिड्दै

अ+ अ-

काठमाडौँ ।  आईसीसी टी-२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इंग्याण्ड खेल्दैछन्। 

खेल अस्ट्रेलियाको एडिलेडमा दिउँसो पौने दुई बजे सुरु हुनेछ। भारत सुपर–१२ समूह ‘२’ को विजेता र इंग्याण्ड समूह ‘१’ को उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन्।  

भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्गलादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो। 

यस्तै,इंग्ल्याण्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इंग्ल्याण्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो।

१० वर्षपछि टी–२० विश्वकपको सेमिफाइनलमा भारत रइंग्ल्याण्डको खेल हेर्न पाउनेछन्।  अन्तिम पटक यी दुई टोलीले सन् २०१२ मा खेलेका थिए। त्यो बेला भारतले सहज जित निकालेको थियो। 

भारत र इंग्ल्याण्डबीच अहिलेसम्म २२ वटा टी–२० खेल भएकोमा भारतले १२ वटा र इंग्ल्याण्डले १० वटा खेल जितेका छन्।

अहिलेसम्म भारत र इंग्ल्याण्ड ले एक एक पटक टी–२० विश्वकपको उपाधि जितेका छन्। भारतले सन् २००७ को विश्वकप र इंग्ल्याण्डले सन् २०१० को विश्वकप जितेका थिए। यस्तै सन् २०१४ को फाइनलमा भारत श्रीलङ्कासँग पराजित भएको थियो भने सन् २०१६ को फाइनलमा इंग्ल्याण्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो।

भारत र इंग्ल्याण्डबीचको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान उपाधि नजिक पुगेको हो।

प्रतिक्रिया दिनुहोस