२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्छौँ, हजारौँले रोजगारी पाउनेछन् : उपेन्द्र यादव  

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समग्र विकासका लागि जिल्लालाई स्वास्थ्य र शिक्षाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्।

राजविराजमा बिहीबार गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग भेटघाटको क्रममा बोल्दै उनले स्वास्थ्य र शिक्षा क्षेत्रको विकासमा जोड दिएका हुन्। 

कार्यक्रममा बोल्दै यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य अगाडि बढेसँगै सप्तरीको विकासको आधारशीला प्रारम्भ भएको बताए।

‘सप्तरीमा विशिष्ट सेवा भएको अस्पतालको रूपमा पूर्वाधार निर्माणको कार्य अगाडि बढिसकेको छ,’ अध्यक्ष यादवले भने, ‘अस्पताल निर्माण कार्यले पूर्णता पाउनासाथ जिल्लाको अवस्था नै फरक देखिन्छ। साथै, स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने तथा हजारौँले रोजगारी पाउनेछन्।’

अस्पताल र क्याम्पसहरूले गर्दा विराटनगर र धरानको विकासले गति लिएको चर्चा गर्दै उनले जिल्लाको विकासका लागि प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पतालमा नर्सिङ कलेजको पूर्वाधार निर्माण, इन्जिनियरिङ क्याम्पस र कृषि विश्वविद्यालय सञ्चालनमा आउनासाथ जिल्लाको विकासमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गरे।

उनले प्रतिष्ठानलाई पूर्वी नेपालको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानपछिको ठूलो मेडिकल हबको रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस