२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भैरहवाबाट हिमालय एयलाइन्सले थाल्यो दैनिक मलेसिया उडान

अ+ अ-

भैरहवा । हिमालय एयरलाइन्सले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान थालेको छ । हिमालय जजिरा एयरवेजपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने दोस्रो कम्पनी बनेको छ ।

बिहीबार मलेसियाको क्वालालम्पुर विमानस्थलबाट भैरहवा अवतरण गरेको हिमालय एयरलाइन्सको पी-३२०जहाज बिहीवार क्वालालम्पुरका लागि उडेको हो । हिमालयले मलेसिया पठाउने अधिकांश यात्रुलाई काठमाडौँबाट भैरहवा ल्याएको थियो । १३५ यात्रुलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर पठाइएको हो ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार अहिले दैनिक चार्टड उडान थालिएको हो । यो परीक्षण सफल भएमा हिमालयले सेड्युल उडान थाल्ने उनले जानकारी दिए । चार्टर्ड भएपनि दैनिक रुपमा नियमित दरकै भाडामा हिमालयले भैरहवाबाट उडान भर्नेछ ।

हिमालयले बर्मामा समेत उडान बिस्तारको सम्भावनाबारे समेत अध्ययन गरिरहेको जानकारी दिए । सो मुलुकबाट धार्मिक पर्यटनको सम्भावना देखिएको उनले बताए ।

हिमालयले गौतमबुद्धलाइ आफ्नो विमानस्थल मानेर सञ्चालन गर्ने उनले बताए । कम्पनीले अन्य सरोकारवालाबाट समेत सोही अपेक्षा राखेको बताए । हिमालयले गौतमबुद्धबाट उडान गर्दा सरकारले पनि सहयोग गर्नुपर्ने बताए । सरकारले अभिवावकत्व दिनु पर्ने भन्दै उनले हिमालयले सरकारको ट्रेजरीमा १४ अर्ब रुपैयाँ राजस्व बुझाइसकेको बताए ।

सोही अनुसार काठमाडौंमा सेल्फ ग्राउन्ड हान्डिलिङ गर्न पाउनु पर्ने माग गरे । भैरहवामा जहाज बेस गर्ने, भैरहवाबाट उडान गर्ने लक्ष्य राखिएको भन्दै यहाँ पनि व्यापारिक ग्राउन्ड ह्यान्डिन्लिङ दिनुपर्ने माग गरे । विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुमति पाएर पनि काम गर्न नपाएको उनको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले विमानस्थल नचल्नुमा श्रम सम्बन्धी विषय मुख्य रहेको बताए । बिमा, मेडिकल, होटेलसहितका अनेक विषयले समेत समस्या गरेको बताए । श्रमका समस्या समाधान हुने क्रममा रहेको बताए ।

पाइरहेको ठाउँ वायुसेवाले नछाड्ने प्रचलन रहेको भन्दै वायुसेवा कम्पनीलाई बाध्यकारी बनाइएको उनले जानकारी दिए । नेपालमा दैनिक चार उडान गर्नुपर्ने सबै वायुसेवा कम्पनी भैरहवा आउनु पर्ने नियम अनिवार्य भएको भन्दै यो बाध्यकारी हुने समेत बताए ।

काठमाडौँमा अहिलेको भन्दा बढी क्षमतामा उडानको अवसर दिन सक्दिन भनेको भन्दै उनले वायुसेवा कम्पनीले बिजनेस बन्द गर्ने वा भैरहवा आउने भन्ने विकल्पमा एक रोज्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस