काठमाडौँ । ग्लोबल आईएमई बैङ्कले आफ्ना सेयर धनीलाई लाभांश लिन अनुरोध गरेको छ । बैङ्कका विभिन्न साधारण सभाबाट पारित लाभांश लिन बैङ्कले अनुरोध गरेको हो ।
बैङ्कको आर्थिक वर्ष ०६६-६७ देखि ०७०-७१ सम्मका साधारण सभाबाट पारित नगद लाभांश हालसम्म पनि कतिपय सेयर धनीले नलिएकाले सूचना प्रकाशित भएको एक महिनाभित्र लाभांश लिन बैङ्कले आग्रह गरेको छ । सेयर धनीले बैङ्कको शेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
भुक्तानी लिन बाँकी रहेको लाभांशको विवरण बैङ्क तथा बैङ्कको शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलको वेबसाइटबाट डाउनलोड गरी हेर्न सकिनेछ ।
यो सूचना प्रकाशित मितिले ३० दिन सम्म भुक्तानी नभएको लाभांश रकम कम्पनी ऐन, २०६३ अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नको लागि प्रक्रिया अगाडि बढाइने बैङ्कले जनाएको छ ।