काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार मतदान केन्द्र अस्थायी रूपमा सारिएको छ ।
जिल्लाका निर्वाचन अधिकृत कार्यालयहरूबाट मतदान केन्द्र अस्थायी रूपमा सारी तथा नाम परिवर्तन गरी मतदान गराउने व्यवस्थाका लागि सहमति माग भएकोमा निर्वाचन आयोगले अस्थायी रूपमा मतदान सार्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३४ ९३० बमोजिम यो निर्णय भएको आयोगको भनाइ छ।
