२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले झापामा हार्ने डरले राप्रपासँग गठबन्धन गरे : घनश्याम भुसाल

अ+ अ-

काठमाडौँ । रुपन्देहीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबिच बनेको चुनावी गठबन्धन केपी ओलीलाई जिताउन मात्रै बनेको दाबी गरेका छन् ।

नेता भुसालले भने, ‘अन्य गठबन्धनलाई अपवित्र भन्ने केपी ओलीले राप्रपासँग गरेको गठबन्धन बरु अपवित्र हो, झापा क्षेत्र नम्बर ५ चुनाव हार्ने डरले ओलीले राप्रपासँग गठबन्धन गरेका हुन् ।’ एमालेलाई चाहिएर नभई झापामा आफू सुरक्षित ओलीले राप्रपाको सहारा लिएको उनको भनाइ छ ।

ओलीले संविधान च्यात्ने कोसिस गर्दा विरोधमा उभिएका सबै शक्ति पवित्र र संविधानको रक्षा गर्ने गठबन्धनका रूपमा स्थापित भएको उनको तर्क छ । रुपन्देहीको देवदह १० चरङगेमा सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता भुसालले ओलीले आफू र केही सीमित एमालेका नेतालाई जिताउन राप्रपासँग चुनावी एकता गरेको पनि बताए ।

त्रिभुज चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका नेता भुसालले आफू पाँच दलीय गठबन्धनको मात्र नभएर समाजवादको यात्रामा रहेका एमालेका नेता कार्यकर्ताको पनि उम्मेदवार रहेको बताए । उनले भने, ‘म गठबन्धनको मात्र होइन मैले ४५ वर्षसम्म योगदान गरेको एमाले भित्रका समाजवाद उद्देश्य भएका सबै साथीहरूको म प्रतिनिधि हुँ ।’

नेता भुसालले ५ सय एमाले पार्टी सदस्यबाट अहिले ११ लाख पुर्‍याउन आफूले महत्त्वपूर्ण भूमिका खेलेको बताए । समाजवाद उन्मुख एमाले नेता कार्यकर्ताले आफूलाई मत हालेर जिताउने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभा (ख) का उम्मेदवार अब्दुल रज्जाकले स्थानीयको चाहना अनुसार विकास निर्माणका काम अघि बढाइएको भन्दै आगामी कार्यकालमा धेरै अधुरा आयोजनाहरू पुरा गरिने वचनबद्धता प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस