काठमाडौँ । पूर्वएआईजी राजेन्द्रबहादुर सिंहलाई नेपाल प्रहरीको ‘लाइफटाइभ अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ ।
सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित ६७औँ प्रहरी दिवसका अवसरमा एआईजी सिंहलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
३९ वर्ष नेपाल प्रहरीमा सेवा गरेका सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड प्रदान गरेका हुन् ।
पूर्वएआईजी सिंहले अमेरिकाको भर्जिनियास्थित एफबीआई एकेडेमीबाट ‘नेसनल एकेडेमिक ग्राजुएसन’ र बेलायतको लेस्टर विश्वविद्यालयबाट ‘फौजदारी न्याय तथा प्रहरी व्यवस्थापन’ विषयमा पोस्ट ग्राजुएट सर्टिफिकेसन कोर्स पूरा गरेका थिए ।
उनले २०६३ सालमा अवकाश प्राप्त गरेका थिए ।