२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न प्रेस काउन्सिलको अपिल

अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेको छ । 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा आज एक प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले यस्तो आग्रह गरेको हो । 

काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ-सञ्चार माध्यमलाई गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वैषपूर्ण) अभिव्यक्तिहरू प्राप्त हुन सक्दछन् । मिथ्या, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्न, यस्ता अभिव्यक्तिलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनतर्फ सञ्चार माध्यम सदैव सजग हुनुपर्दछ ।

“समाजलाई मार्गप्रशस्त गराउने विशिष्ट भूमिकामा रहेको पत्रकार जगतबाट नै कुनै दल विशेष वा उम्मेदवारलाई मत आह्वान गर्ने, राजनीतिक दल एवं उम्मेदवारको प्रचारप्रसारलाई प्रश्रय दिँदै शेयर र कमेन्ट गर्ने एवं स्ट्याटस लेख्ने, अपिल गर्ने, सामाजिक सञ्जालबाट समेत पक्ष विपक्षमा कुनै सन्देश, सूचना प्रवाह गर्ने कार्य पत्रकारिताको व्यावसायिक मर्यादा एवं पत्रकार आचारसंहिता विपरीत हुने हुँदा सञ्चार माध्यम, पत्रकार एवं पत्रकारितासँग सम्बन्धित संस्थाबाट यसप्रकारका गतिविधि नगर्न/नगराउन अपिल गरिन्छ” प्रेस विज्ञप्तिमा भनिएको छ । 

यस्तो कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्ने हुँदा यस्तो कार्य नगर्न/नगराउन र मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्रीहरू प्राथमिकतासाथ सम्प्रेषण गर्न पनि प्रेस काउन्सिल नेपालले सम्बन्धित सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ । 

यस्तै, कुनै सञ्चार माध्यमबाट सम्प्रेषित समाचारमा चित्त नबुझेमा वा सञ्चार माध्यम तथा पत्रकारले पत्रकार आचारसंहिता विपरीत कार्य गरिरहेको पाइएमा वा कुनै जनगुनासो भएमा काउन्सिलमा सम्पर्क गर्ने, उजुरी दिने व्यवस्था रहेको र आचारसंहिता पालना भएरनभएको विषयमा सूक्ष्म रूपमा अनुगमन भइरहेको उक्त विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस