२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निःशुल्क विदेश पठाउने सूचना निकालेर लाखौँ असुल्ने म्यानपावरको इजाजत रद्द हुन सक्ने विभागको चेतावनी 

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागले पूर्व सूचना अनुसार कामदार छनौट नगरिएको र रकम असुल्ने गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता म्यानपावर कम्पनीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । 

कामदार माग भएको सम्बन्धित देशको नेपाली कूटनीतिक नियोगबाट नै फ्री भिसा, फ्री टिकट भनेर आए पनि म्यानपावरले रकम असुल्ने गरेको समाचारबाट थाहा हुन आएपछि आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । 

‘मलेसिया तथा खाडी मुलुकहरूबाट कामदार माग भई सम्बन्धित मुलुकस्थित नेपाली कूटनीतिक नियोगबाट माग प्रमाणीकरण हुँदाकै बखत फ्रि भिसा, फ्रि टिकट लगायत अन्य सेवा शुल्क रोजगारदाताले नै व्यहोर्ने भनी उल्लेख भएको विवरण खुलाई म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति लिई नेपाली भाषामा प्रकाशन हुने कुनै राष्ट्रिय स्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्दा खुलाइने सूचनाहरू निःशुल्क भिसा, निःशुल्क हवाई टिकट, निःशुल्क स्वास्थ्य परीक्षण तथा कुनै प्रकारका सेवा नलाग्ने शून्य लागतमा कामदार छनोट गरिने विवरण खुलाई विज्ञापन गरेता पनि कामदारबाट रकम असुल गर्ने, निष्पक्ष रूपमा कामदार छनौट गर्ने नगरेको भनी विभिन्न सञ्चार माध्यमबाट प्रकाशन र प्रसारण भएका सूचना प्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छु विभागद्वारा जारी सूचनामा भनिएको छ ‘पूर्व स्वीकृति लिई कामदार छनौटका लागी प्रकाशित गरिएको सूचनामा उल्लेखित सर्तहरूका आधारमा नै कामदार छनौट गर्न हुन सम्बन्धित सबैमा सूचित गरिन्छ । ‘

अन्यथा वैदेशिक रोजगार ऐन तथा नियमावली २०६४ को दफा ५४ अनुसार कारबाही गर्ने  चेतावनी विभागले दिएको छ । वैदेशिक रोजगार ऐनको दफा ५४ मा नियम, आदेश वा निर्देशन पालना नगर्ने इजाजतपत्रवालाई विभागले पहिलो पटक सचेत गराउने, दोस्रो पटक ५० हजार जरिवाना र तेस्रो पटक पनि सोही कसुर दोहोर्‍याएमा एक लाख रुपैयाँ जरिवाना गरी इजाजत पत्र रद्द गर्न सक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस