३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्नको उपचारका लागि प्रवासीको ४० लाख

अ+ अ-

म्याग्दी । हङकङमा रहेका म्याग्देलीहरूले विपन्नको उपचारमा सघाउन ४० लाख रुपैयाँ सहयोग गरेका छन्।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको २०औँ साधारणसभाका अवसरमा संकलन भएको ४० लाख ११ हजार एक सय ११ ओमकुमारी शान्ति कोषले विपन्नको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषलाई उपलब्ध गराएको हो। मोना हङकङका अध्यक्ष कर्ण पुनले मंगलबार बेनीमा कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरे।

हालसम्म म्याग्दीमा शिक्षा, स्वास्थ्य, पर्यटन विकासका साथै दैवीप्रकोपमा राहतस्वरूप करिब तीन करोड सहयोग गरिसकेको मोनाका अध्यक्ष पुनले बताए। कोषका महासचिव लोकबहादुर पुनले २०७१ सालमा स्थापना भएको संस्थाले गरिब बिरामीको उपचारमा सहयोग पुर्‍याउँदै आएको बताए। हालसम्म दुई सय ६५ जनाको उपचारमा सघाएको पुनले बताए।

हाइपोलास्टिक एनिमिया रोगबाट पीडित ओमकुमारी पुनको उपचारका क्रममा निधन भएपछि उनको उपचार अभियानमा संकलन भएर बचत भएको १३ लाख रकमबाट उनकै नाममा ओमकुमारी शान्तिकोष स्थापना गरिएको थियो।

तीन करोडको अक्षयकोष निर्माण अभियानमा हालसम्म एक करोड ४३ लाख संकलन भएको कोषले जनाएको छ।

कोषमा हालसम्म आर्थिक सहयोग गरी आठ सय ३० जनाले आजीवन सदस्यता, ४१ जनाले व्यक्तिगत संरक्षक सदस्यता र नौवटा संस्थाले संस्थागत संरक्षक सदस्यता लिएका छन्।

मोना हङकङले संकलन गरेको उक्त रकम जुटाउन हङकङमा रहेका १५ म्याग्देलीले प्रतिव्यक्ति दुई लाख सहयोग गरेका थिए।

उक्त अवसरमा अक्षयकोषमा दुई लाख सहयोग गरी व्यक्तिगत संरक्षक सदस्यता प्राप्त गरेका व्यक्तिहरूलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस