काठमाडौँ । सेयर बजारमा दोहोरो अङ्कको गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मङ्गलवार बजार परिसूचक नेप्से १६.०६ अङ्क (०.८६ प्रतिशत) ले गिरावट भएर १८५५.१६ अङ्कमा बन्द भएको छ ।
दसैँ बिदापछि आइतबार खुलेको नेप्से ४४ अङ्कले वृद्धि भएर बन्द भएको थियो । सोमबार २७ अङ्कले गिरावट भएको नेप्से मङ्गलवार पनि घटेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.२१ अङ्कले गिरावट भएर ३६३.६३ अं कमा बन्द भएको छ ।
मङ्गलवार व्यापार, होटेल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम पनि घटेर ५५ करोडमा सीमित भएको छ । आइतबार ८४ करोडको कारोबार भएको बजारमा सोमबार बढेर ९७ करोड पुगेको थियो । तर, मङ्गलवार १७ लाख ६८ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा ५५ करोड २८ लाख १० हजारको मात्रै कारोबार भएको छ ।
जसमध्ये नबिल बैङ्कको सर्वाधिक ३ करोड १० लाख ९ हजारको कारोबार हुँदा नेपाल लाइफको २ करोड ४३ लाख ६८ हजार र हिमालयन पावर पार्टनर कम्पनीको सेयर मूल्य २ करोड १९ लाखको कारोबार भएको छ ।
मङ्गलवार बजारमा कुल १८४ कम्पनीको सेयर कारोबार भएकोमा १४२ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ३३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
मङ्गलवार कारोबार भएकामध्ये समिट लघुवित्त र अभियान लघुवित्तको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ८.५२ प्रतिशत र रुरु जलविद्युत् कम्पनीको सेयरमूल्य ७.८४ प्रतिशतले वृद्धि भएको छ ।
यता विन्दवासिनी लघुवित्तको सेयर मूल्य सर्वाधिक ७.१८ प्रतिशतले गिरावट हुँदा सिंगटी हाइड्रोपावरको सेयर मूल्य ४.२६ प्रतिशत र नेरुडे लघुवित्तको .सेयरमूल्य ३.८३ प्रतिशतले गिरावट भएको छ ।