२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपाका मन्त्री हटाउन बालुवाटारमा गठबन्धनबीच छलफल

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टी (जसपा) का मन्त्री हटाउन दबाब बढेको छ । सत्ता गठबन्धनमा रहेको जसपा मंसिरको निर्वाचनमा एमालेसँग तालमेल गर्न पुगेपछि सत्तारुढ दलबाटै जसपाका मन्त्रीहरू हटाउन प्रधानमन्त्री देउवामाथि दबाब बढेको हो । 

सरकारमा रहेर एमालेसँग चुनावी तालमेल गरेको भन्दै सत्ता गठबन्धनका नेताहरूले प्रधानमन्त्री देउवासँग आन्तरिक छलफल गरेसँगै देउवाले गठबन्धन दलका शीर्ष नेताको बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा जसपाका मन्त्री हटाउने कि विना विभागीय बनाउने भन्नेबारे छलफल भइरहेको एक नेताले जानकारी दिए । 

‘जसपाका मन्त्री र बागीबारे छलफल भइरहेको छ’, ती नेताको भनाइ छ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मङ्गलवार बिहान जसपाका मन्त्रीबारे स्वाभाविक रूपमा प्रश्न उठेको भन्दै त्यसबारे बैठकमा छलफल हुने बताएका थिए ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव र वन तथा वातावरणमन्त्री प्रदीप यादव मन्त्री छन् । उनीहरूलाई जसपाले गत असारमा सरकारमा पठाएको हो । 

त्यसअघि देउवाले जसपाका मन्त्री हटाउने वा विना विभागीय बनाउने भन्नेबारे आफू निकट कानुन व्यवसायीहरूसँग समेत छलफल गरेको बालुवाटार स्रोतले जनाएको छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले मागेजति सिट नदिएको भन्दै अन्तिम अवस्थामा एमालेसँग चुनावी तालमेल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस