काठमाडौँ । निरन्तरको वर्षाका कारण देशका विभिन्न साना तथा ठूला नदी र खोलामा बहाव बढ्नेक्रम जारी छ । पानी पर्ने क्रम नरोकिएकाले थप बहावको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्रिशूली, बूढीगण्डकी र मर्स्याङ्दी नदीको जल सतह सतर्कता तह आसपास पुगेको छ । जल सतह बढ्ने क्रममा रहेको विभागले जनाएको छ । नदी ती क्षेत्रमा रहनेलाई आज साँझसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।