२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

के बाबुरामले मानुषीका लागि ठाउँ खाली गर्न चुनाव नलड्ने निर्णय गरेका हुन ? 

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका छन् । 

अघिल्लो प्रतिनिधिसभामा गोरखा-२ बाट निर्वाचित भट्टराईले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताएका हुन् ।

उनले आफू संसदीय राजनीतिबाट टाढा बस्ने बताए । उनले राजनीति जनता र समाजको सेवाको निम्ति गरिने स्वेच्छिक कर्म भएको उल्लेख गर्दै संसद् बाहिरबाट पनि जनताको सेवा गर्न सकिने बताए । 

नेताहरू जसरी पनि संसद्मा पुग्ने र पाएसम्म कार्यकारी पद लिने प्रवृत्तिले देशमा ठुलो विकृति र विसङ्गति ल्याएको उनको भनाइ छ । 

उनले सदन बाहिरबाट गरिने कर्मपनि राजनीति भएकाले आफूले उपयुक्त समय आएकाले संसदीय राजनीति नगर्ने निर्णय लिएको बताए । 

भट्टराईले आफू पार्टी काममा भने निरन्तर रहने बताए । आफू समाजवादी धार बनाउन क्रियाशील हुने पनि उनले बताए ।

उनले राज्यका अङ्गहरूमा भइरहेको प्रष्टीकरण, शासकीय स्वरूपमा परिवर्तन र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने सवालमा आफू संसद्बाहिरको सबै ठाउँबाट क्रियाशील हुने बताए । उनले गरिबी र बेरोजगारीको समस्या समाधानमा सुधार गर्न पनि आफूले आवाज उठाउने बताए ।

भट्टराईले आफूले संसदीय निर्वाचनमा उम्मेदवार नहुन गरेको निर्णय कुनै पदलाई बार्गेनिङ गर्नका लागि नभएको स्पष्ट पारे । आफूले कुनै च्याखे नथापेको उनको भनाइ छ । 

उनले आफूले छोरी मानुषी यमी भट्टराईका लागि ठाउँ खाली गर्नका लागि चुनाव नलड्ने निर्णय नगरेको पनि स्पष्ट पारे । छोरी काठमाडौँबाट निर्वाचनमा उठ्ने उनले बताए । छोरी आफैँ स्थापित रहेको भन्दै आफ्नो नामबाट छोरीलाई चिनाउनु जरुरी नभएको उनले बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो पार्टी सत्तारूढ गठबन्धनमै रहेको पनि बताए । निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्ने उनले बताए । 

उनले समकक्षी नेताहरूलाई लोभ, लालच नगरीकन नयाँ पुस्तालाई अगाडि ल्याउन आग्रह गरे । उनले राष्ट्रिय मुद्दाहरूमा दलहरूका बिचमा एकरूपता कायम गर्नुपर्ने बताए । उनले दलहरूको विकल्प स्वतन्त्र हुन नसक्ने भन्दै दलका कमजोरी दलबाटै हटाउनुपर्ने र नेताको कमजोरी राम्रो नेताले हटाउनुपर्ने बताए ।

उनले पटक–पटक सांसद बन्ने अपेक्षा नराख्न भन्दै पूर्वप्रधानमन्त्रीहरूले निर्वाचनमा नउठी पार्टीभित्रको राजनीतिक कामहरू गर्न आग्रह गरे । 

भट्टराईले पुरानै शासकीय प्रणाली सही थियो भन्ने भ्रममा युवा पुस्ता पर्नु नहुने बताए ।

प्रतिक्रिया दिनुहोस