२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘म पार्टीसँग सम्पर्क विहीन छु भन्नु हास्यास्पद’ : भिम रावल

अ+ अ-

काठमाडौँ । एमाले नेता भीम रावलले आफू पार्टीको सम्पर्कमै रहेको स्पष्टीकरण दिएका छन् ।

आफू अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी समेत भएको उनले बताएका छन् । उनले यसबारे आफूले जिल्ला इन्चार्ज र अध्यक्षलाई समेत जानकारी गराएको उल्लेख गरेका छन् ।

अछाम क्षेत्र नम्बर १ का लागि एमालेबाट एकल उम्मेदवारका रूपमा सिफारिस भएका रावलले लेखेका छन्, ‘म पार्टीको सम्पर्कमा नरहेको भन्ने के हो भनी धेरै पत्रकारले प्रश्न गर्नुभयो। म अछाम प्रतिनिधिसभा क्षेत्र नं.१ ले आयोजना गरेको कार्यकर्ता भेलामा प्रमुख वक्ताको रूपमा सहभागी भएँ। यो बारे जिल्ला इन्चार्ज र अध्यक्षलाई जानकारी गराएको थिएँ। म सम्पर्कविहीन भन्नु हास्यास्पद।’

केही दिनअघि अध्यक्ष केपी शर्मा ओलीले रावल अछाम-१ बाट प्रतिनिधिसभाको उम्मेदवारमा एकल सिफारिस भएकोप्रति पार्टीको सुदूरपश्चिमका नेताहरूसँग चासो व्यक्त गरेका थिए । प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम जिल्ला अध्यक्ष चन्द्र बोहोरा र कृष्णप्रसाद जैसीले भेटमा अध्यक्ष ओलीले रावलको सिफारिसबारे चासो व्यक्त गरेका थिए ।

रावल एकल उम्मेदवार सिफारिस भएकोमा ओलीको चासो गत वर्ष चितवनमा भएको दसौँ महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल अहिले एमालेको कुनै कमिटीमा छैनन् ।

एमालेको आन्तरिक विवादमा माधवकुमार नेपालनिकट रहेका तर विभाजनका बेला मूल पार्टीमै बसेका १० नेतामध्ये उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिव द्वय योगेश भट्टराई र गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य द्वय घनश्याम भुसाल र रघुजी पन्त, केन्द्रीय सदस्य भीम आचार्य, भीम रावललगायत नेता आसन्न प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका रूपमा जिल्ला र प्रदेश तहबाट सिफारिस भएका छन् । यसरी सिफारिस भएर आएकामध्ये पन्तलाई समानुपातिक सूचीमा राखिएको छ ।

औपचारिक निर्णय हुनु पूर्व ओलीले ती नेतालाई आत्मालोचना गराउन खोजेका छन् । विगतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रूपमा आफूले गरेका कामको विरोध गर्नेलाई ओलीले अनुशासन उल्लङ्घनको विषय बनाएर आत्मालोचना गराउन खोजेका हुन् ।

प्रतिक्रिया दिनुहोस