१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्यक्ष चुनाव नलड्ने मनस्थितिमा बाबुराम, प्रचण्डसँग बनाएका छन् यस्तो सहमति !

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई चुनावी राजनीति नगर्ने मनस्थितिमा पुगेका छन् ।

केही दिनयता डा.भट्टराईले आफू निकटस्थहरूसँगको छलफलमा आफू पार्टी राजनीति र विचार निर्माणमा केन्द्रित हुने मनसाय व्यक्त गर्न थालेका छन् ।

उनले पार्टी पङ्क्तिमा आफू प्रत्यक्ष चुनाव नलड्ने र समानुपातिकमा पनि नबस्ने योजना सुनाइरहेका छन् । 

शनिबार नेसपा, काठमाडौँले आयोजना गरेको चियापानमा अतिथि बनेर गएका प्रचण्डले आफू र बाबुराम भट्टराई अब सँगै उभिने र यसको ठूलो अर्थ हुने बताएका थिए ।

समृद्धि र विकासको नयाँ मोडल दिनुपर्ने भन्दै प्रचण्डले उमेरको हिसाब गर्दै भनेका थिए, ‘हाम्रो जीवनको धेरै वर्ष बाँकी छैन । हामीले हिसाब गरेका छौँ । बढी भए एक दशक । एक दशक विकासको नयाँ मोडल दिएर खुसीसाथ संसारबाट बिदा हुने सपना बनाएका छौँ ।’

डा.भट्टराई प्रचण्डभन्दा एक वर्ष जेठा छन् ।

माओवादीका एक नेताका अनुसार चुनावपछि नेताद्वयबीच डा.भट्टराई वैचारिक राजनीतिक काममा केन्द्रित हुने सहमति छ ।

तर भट्टराई निकट नेताहरुले भने चुनाव नलड्ने निर्णय नगर्न दबाब दिइरहेका छन् । नेताहरूका अनुसार प्रचण्ड र भट्टराईबीच आजभोलि हुने छलफलले यसबारे निर्णय गर्नेछ ।

माओवादी केन्द्र र नेसपाबीच एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने र चुनावपछि पार्टी एकता गर्ने सहमति भएको छ । नेकपा एकीकृत समाजवादी पनि त्यसका लागि तयार छ र एउटै घोषणापत्रमा चुनाव लड्ने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस